सर्लाहीको हरिवनको नगरपालिकाको नगर प्रमुखमा नेकपामाओवादी केन्द्र)का रमेश बुढाथोकी (कमल) विजयी हुनु भएको छ । त्यस्तै उप प्रमुखमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी हुनु भएको हो ।
मतगणनाका चरणमा निकै प्रतिष्पर्धा देखिएको हरिवन नगरपालिकाको नगर प्रमुख पदमा माओवादी केन्द्रका बुढाथोकीले निवर्तमान नगर प्रमुख नेकपा एमालेका गणेश प्रसाद प्रसाईंलाई १ सय ५३ मतले पराजित गर्नु भएको हो । माओवादी केन्द्रका बुढाथोकीले ७ हजार २ मत पाएर विजयी हुँदा उहाँका निकट्मत प्रपिस्पर्धी नेकपा(एमाले)का प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याउनु भयो ।
माओवादी केन्द्रले हरिवन नगरपालिकाका ११ वटा वडामा कुनै पनि वडामा जित निकाल्न नसकेको अवस्थामा पनि माओवादी केन्द्रका बुढाथोकी नगर प्रमुख पदमा विजयी हुनु भएको हो । उहाँ २०७४ सालको स्थानीय निकयको निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित हुनु भएको थियो । यो सहित माओवादी केन्द्रले सर्लाहीका ४ वटा पालिकामा जित निकालेको छ । ३ वटा नगरपालिका र १ वटा गाउँपालिका गरि ४ वटा स्थानिय निकायमा जित निकालेको हो ।
त्यस्तै उप प्रमुखतर्फ एमालेकी घलान ६ हजार ८ सय ५५ मत ल्याएर विजयी हुनु भएको छ । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पद्मा मोक्तानले ५ हजार ३ सय २१ मत ल्याउँउनु भएको थियो ।हरिवन नगरपालिका १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७,८, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा(एकीकृत समाजवादी)ले वडाध्यक्ष हात पारेको छ । लामो समयदेखि एमालेले आफ्नो विर्ता ठानेको हरिवन यस पटक एमालेको पोल्टोबाट खुस्कीएको छ ।