मधेशबाट काठमाण्डौँ हिडेको ७२ लाखको सामान सागा प्रहरीको नियन्त्रणमा

285 Shares

धनुषाबाट तस्करी भएको कपडा लगायतमा विभिन्न सामाग्री संघीय राजधानी काठमाडौं प्रवेश गर्ने नाका साँगा नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।धनुषाबाट करिब रु ७२ लाख बराबरको भन्सार छलीको सामाग्री बोकेर नेपाल प्रवेश गरेको बा ४ ख ७६० नम्बरको ट्रक साँगा नजिकै जगातीबाट प्रहरीले नियन्त्रणमा लिएपछि मधेश प्रदेशका जिल्लाहरुका सिमा नाकाहरुबाट सुरक्षाकर्मीहरु कै मिलेमतोमा तस्करी हुने गरेको प्रष्ट भएको हो ।
धनुषाबाट नेपाल प्रवेश गरेको उत्त ट्रक सर्लाही प्रवेश गरी पुन फर्किएर वि.पी.राजमार्ग हुँदै काठमाण्डौँ जाने क्रममा भक्तपुरमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।तीन हजार आठ सय ८७ थान कुर्ता सुरुवाल,एक हजार आठ सय ७५ पिस ब्लाउज,तीन सय ९८ थान धाराको पाटपुर्जा, सर्ट,साडी,पर्दा र पाइन्टका कपडा लगायतका भन्सार छलीका सामानहरु भारतबाट रक्सौल,सीतामढी,सोनवर्षा हुँदै धनुषा पार गरेर ट्रममा नेपाल भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सर्लाहीको लालबन्दीबाट लोड गरिएको बा ४ ख ७६० नम्बरको  पराल बोकेको ट्रक भन्सार छलीको सामान काठमाडौंतर्फ जाँदै गर्दा साँगा नजिकको जगातीमा चेकजाँच गर्दा प्रहरीको नियन्त्रणमा पुगेको हो।सामानका मुख्य मालिक पर्साको वीरगञ्जका श्री दुर्गा ट्रान्सपोर्टका सञ्चालक मदन “रुन्चे” गुप्ता सहित अर्का जनकपुरका मुस्ताफ अन्सारी र किरण कटुवालको समेत संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ।ट्रकका चालक दोलखाका लक्ष्मण थामी पक्राउ परेका छन्।
सूचना अनुसार सर्लाहीको लालबन्दीमा तस्करीको सामान ट्रकमा राखिएको थियो।ती सामग्री काठमाडौंको न्युरोडस्थित मसानगल्लीमा थोक व्यापार गरी रहेका रञ्जित गुप्तासम्म पु¥याउने योजना बनाइएको बुझिएको छ।तर मधेश प्रदेश प्रहरीले  मधेशमा तस्करी तथा भन्सार छली पुर्णरुपमा नियन्त्रणमा रहेको दावी गरेको छ।कमिसनमा मस्त सुरक्षा अधिकारीहरुले त्यस प्रकारको दावी गरिरहेपनि सर्लाही सहित मधेश प्रदेशका आठै जिल्लाहरुबाट भन्सार छली चोरी तस्करी गरि काठमाडौं तर्फ जाने क्रममा सो क्षेत्रका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि मधेशका सुरक्षा अधिकारीहरुको दावी फेल भएको छ ।

सम्बन्धित समाचार