सर्लाहीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

398 Shares

दसैँ लगायत प्रमुख चाडपर्व लक्षित गरि सर्लाहीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै सर्लाहीका विभिन्न सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार लालबन्दी, बरहथवा, हरिवन,गडहिया मिलन चोक,कर्मैया चोक,मलंगवार संग्रामपुरमा गरी सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

1.jpeg
चाड पर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न,लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।उनका अनुसार चाडपर्वको समयमा बढी  दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच,भार वाहन क्षमता तथा सिट क्षमता,चर्काे भाडा असुलीका साथै माद्यक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कडाइका साथ कार्बाही गरिने छ ।

1.jpg
यात्रु सहायता कक्षले अलपत्र परेका यात्रुको गुनासो सुन्ने,बढी भाडा लिने ,बिच बाटोमै यात्रु झार्ने,टिकट र सवारीमा कालोबजारी गर्ने जस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रण गर्न यातायात व्यवसायी र नागरिक समाजको सहकार्यमा २४ सै घण्टा सेवा प्रवाह गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।

4.jpg
सर्लाहीमा ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिकाका लागि जिल्लाभर करिब ७५ वटा प्रहरी युनिटहरुका साथै ११ वटा ट्राफिक प्रहरी युनिटहरुले  सेवा प्रवाह गरि रहेका छन् ।जेन जी आन्दोलनको क्रममा जिल्लाका  करिब तीन दर्जन प्रहरी युनिटहरुमा  तोडफोड तथा आगजनी भएको  भएपनि अहिले ती प्रहरी युनिटहरुमा प्रहरी कर्मचारी फर्किएर सेवा प्रवाह सुरु गरि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा वा सामान छुटेमा वा कुनै गुनासो/समस्या भएमा प्रहरीको हटलाइन नं. १०० वा जिल्ला प्रहरी कन्ट्रोल नं. ९८५४० ९०१९९,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको नं. ९८५४० ९००३२ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

5.jpgयसका साथै गाउँघरमा शंकास्पद मानिसहरु देखा परेमा वा शंकास्पद गतिविधिहरु भएमा नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिनपनि  सर्लाही प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार