चार झोलुंगे पुल बनाउँदै कमलामाई नगरपालिका

2.6k Shares

 सिन्धुलीको कमलामाई नगरपालिकामा यो बर्ष नेपाल रेडक्रस सोसाईटी शाखाको प्रा विधिक सहयोगमा चार वटा झोलुंगे पुल निर्माण हुने भएका छन ।

कमलामाई नगरपालिकाको  १ डाडी, वडा नं २ चियाबारी स्थित ग्वाङखोला, वडा नं ६ स्थित जनता बोर्डिङ स्कूल जाने ग्वाङखोलामा र वडा नं ११ स्थित फिटिङ खोलामा स्टिल झोलुङगे पुल निर्माण हुने नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीले जनाएको छ ।

यि ठाँउमा उक्त पुल निर्माण गर्न प्राविधिक स्टिमेट सबै तयारी भई सकेको जिल्ला रेडक्रस शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले बताउनु भयो । टिविएसयु काठमाण्डौ र कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा ती पुल निर्माण हुन लागेका हुन ।
कमलामाई नगरपालिकाले छनौट गरेका ठाँउमा ती पुल निर्माण गर्न लागिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । तीन बर्षभित्र पुल निर्माण गरि सक्ने उहाँले बताउनु भएको छ ।
उर्मिला भट्टराई

सम्बन्धित समाचार