Close This

युवा संघ नेपालको जिल्ला भेला शनिबार, एमाले नेता भट्टराईले भेलालाई सम्बोधन गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२७ गते   १८० पटक हेरिएको

नेकपा (एमाले)को नेपाल खनाल समुहले युवा संघ नेपाल सर्लाहीको जिल्ला भेलाको तयारी पुरा गरेको छ । चैत २८ गते शनिवार हरिवनमा हुने युवा संघको भेलाको तयारी पुरा भएको युवा संघ नेपाल सर्लाहीका जिल्ला सह संयोजक राधाकृष्ण प्याकुरेलले जानकारी दिनु भयो । 
युवा भेलाको अवसरमा शनिबार नयारोडवाट हरिवन चौकसम्म खुल्ला दौड प्रतियोगिता राखिएको युवा संघनेपाल सर्लाहीले जनाएको छ । भने ११ वजे हरिवनमा नै युवा र्याली र र्याली पछि भेला राखिएको छ । भेलालाई नेकपा (एमाले) नेपाल खनाल समुहका नेताहरु योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्वोधन गर्ने युवा संघ नेपालका केन्द्रीय सदस्य सिङ योन्जनले बताउनुभयो ।
युवा संघ नेपाल सर्लाहीले युवा भेलामा १ हजार युवालाई उतार्ने लक्ष्य लिएको केन्द्रीय सदस्य सुनिल श्रेष्ठले बताउनुभयो । दौडमा भाग लिने युवालाई भेष्ट र सहभागी युवालाई खाजा एवम खानाको व्यवस्थापन गरिएको युवा संघ नेपाल सर्लाहीले जनाएको छ ।  दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस रु १५ हजार, रु १० हजार र रु ५ हजार पुरस्कार प्रदान गरिने युवा संघ नेपाल सर्लाहीका जिल्ला संयोजक जय वहादुर गोले बताउनुभयो ।
नेकपा (एमाले)को सस्थापन पक्षले नेपाल खनाल पक्षको भेलालाई समानान्तर गतिविधि भने पनि नेपाल खनाल पक्षका नेताहरुले आफु नै सर्लाहीमा सस्थापन पक्ष भएको दावी गरेका छन् । नेकपा(एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तले सर्लाहीमा आफु निर्वाचित अध्यक्ष भएकोले सस्थापन पक्ष नै आफुहरु रहेकोे दावी गर्नुभयो । युवा संघनेपाल सर्लाहीका संयोजक र सह संयोजक पहिलै घोषणा गरि सकिएको भन्दै शनिबार हुने भेलाले वाकी पदाधिकारी र सदस्य चयन गर्ने युवा संघ नेपाल सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech