सर्लाही कारागारको तनावग्रस्त अवस्था नियन्त्रणमा

313 Shares

सर्लाही कारागार मलंगवाको अवस्था पूर्ण रुपमा नियन्त्रणमा आएको छ।बुधबार बिहान कारागारमा रहेका कैदी बन्दीहरुले प्रदर्शन गर्दा कारागार तथा आसपासको क्षेत्र तनावग्रस्त बनेकोमा अहिले नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार कैदी बन्दीले कारागारको माथिल्लो तलामा आगोसमेत लगाएका थिए।कैदी बन्दीहरुले कारागारबाट भाग्ने प्रयत्न स्वरुप प्रदर्शन र तोडफोड सूरु गरेका तर तत्काल नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिती नियन्त्रणमा लिएको हो ।
दमकल एवम सुरक्षाकर्मीको सहयोगमा कारागारमा लागेको आगो समेत नियन्त्रणमा लिइ सकिएको कारागार प्रशासनले जनाएको छ।कागरागार प्रशासनका अनुसार स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ राउण्ड हवाई फायर एवम अश्रुग्याँस प्रहार गरेका छ । सर्लाही कारागारमा विवादित धर्मगुरु राम बहादुर बम्जन सहित करिब तीन सय कैदी बन्दी रहेका छन् ।

सम्बन्धित समाचार