अखिल(क्रान्तिकारी) सर्लाहीको १७ औँ जिल्ला सम्मेलन सम्पन्न, ४१ सदस्यीय जिल्ला कमिटि सर्व सहमत चयन

3.5k Shares

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट अनेरास्ववियू(क्रान्तिकारी)  सर्लाहीको १७ औं सम्मेलन सम्पन्न भएको छ । १७ औँ जिल्ला सम्मेलनले रन्जीत सहनीको नेतृत्वमा ४१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको अनेरास्ववियू(क्रान्तिकारी)  सर्लाहीले जनाएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) सर्लाहीको १७ औं जिल्ला सम्मेलनबाट उपाध्यक्षहरुमा क्रमस दिपेन्द्र यादव,देपेन्द्र महतो र सबियु सेक चयन भएका छन् । त्यसैगरी सचिवमा सरोज रायमाझी,सह सचिवमा क्रमस तेज तामाङ, सपना बिसी र रामचन्द्र पौडेल चयन हुनु भएको अनेरास्ववियू(क्रान्तिकारी) सर्लाहीका संयोजक विवेक मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार कोषाध्यक्षमा रन्जीत महतो लगायत ४१ जना जिल्ला कार्य समिति सर्व सहमत चयन हुनु भएको हो । 
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यता तथा अनेरास्ववियू(क्रान्तिकारी) सर्लाहीका निवर्तमान जिल्ला अध्यक्ष मैनालीको अध्यक्षतामा भएको १७ औँ जिल्ला सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सर्लाहीका जिल्ला इन्चार्ज अचुतम काफ्ले,अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रीय उपा अध्यक्ष विजय गौतको विशिष्ट आतिथ्यता रहेको थियो ।
बागमती नगरपालिाकाको सभाहलमा ७ औँ संविधान दिवशको अवसरमा आयोजना गरीएको अनेरास्ववियू(क्रान्तिकारी) सर्लाहीको १७ औँ जिल्ला सम्म्ोलनले  शसक्त महिला नेतृको रुपमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) प्रदेश २ की प्रदेश कमिटि सदस्य माया वल, अनेरास्ववियू(क्रान्तिकारी) सर्लाहीका पुर्व जिल्ला अध्यक्षद्धय अर्जुन पन्त र भक्ती रिजाललाई सम्मान गरिएको अनेरास्ववियू(क्रान्तिकारी) सर्लाहीका सह सचिव तेज तामाङ्गले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार