Close This

सर्लाहीका २ सय सहित ६ हजार ७ सय ४३ वटै वडामा आज माओवादी केन्द्रको सम्मेलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-४ गते   २९ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) ले आज(शनिबार) देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ वडा सम्मेलन गर्दैछ । माओवादी केन्द्रले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ वडा सम्मेलन गर्न लागेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्यव समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । उहाँकाअनुसार माओवादी केन्द्रको यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनु भयो ।  सर्लाहीका २० वटै स्थानिय निकायका २ सय वटा वडामा पार्टीका विभिन्न तहका नेताहरुको नेतृत्वमा वडा सम्मेलन एकै समयमा एकैसाथ सुरु गरिने संयोजक बसढाथोकीले जानकारी बताउनुभयो ।
समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादी केन्द्रले त्यसका लागि वडा सम्मेलन गर्ने नेकपा(माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो । उहाँका अनुसार माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ । 
 निर्वाचन हुने अवस्था आएमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रको मर्म बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न पार्टीका सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवमं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवम रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।” वडा सम्मेलनका अवसरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि एकैसाथ सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech