जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आव २०७८÷०७९ को असोज महिनामा करिब साँढे १५ लाख राजश्व संकलन गरेको छ । चालु आवको असोज महिनामा ट्राफिक प्रहरी कार्यालय सर्लाहीले रु १५ लाख ४२ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो । उहाँका अनुसार असोज महिनामा ४२ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७८÷०७९ को असोजमा बस १,ट्रक ५,जिपकार तथा भेन ७ ट्याक्टर ५ टेम्पो १ र मोटरसाईकल ३७ वटा गरि ६४ वटा दुर्घटनामा ५ जनाको मृत्यु ५१ जना गंभिर घाईते भएका छन् भने ५ जना सामान्य घाईते भएका छन् ।
त्यसैगरी ७ सय ५९ वटा ट्रकलाई कार्बाही गर्दा रु ९ लाख ६८ हजार ५ सय, २ वटा बसलाई कार्बाही गर्दा रु १ हजार ५ सय ३ सय ८१ वटा जिप, कार तथा भेनलाई कार्बाही गर्दा रु ३ लाख २ हजार ५ सय,२ सय ९६ वटा मोटरसाईकललाई कार्बाही गर्दा रु २ लाख २४ हजार ५ सय र ६२ वटा ट्याक्टरलाई कार्बाही गर्दा रु ४५ हजार ५ सय गरी १ हजार ५ सयवटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १५ लाख ४२ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्राफिक प्रहरीले भदौमा रु १४ लाख ६५ हजार राजश्व संकलन गरेको थियो भने साउनमा रु १८ लाख ४४ हजार ५ सय राजश्व संकलन गरेको थियो । अधिकांश दुर्घटना तीव्र गति, जीर्ण सडक र ट्राफिक नियम उल्लंघनका कारण हुने गरेका पाइएको प्रहरी निरीक्षक दोङले बताउनु भयो ।