नागकिरता किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष साह विरुद्ध मुद्धा दर्ता हुँदा पनि प्रहरी मौन

गणेश खड्का    प्रकाशित: २०८०-५-२४ गते   १३९ पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहलाई नागरिकता किर्ते गरेको आरोपमा कार्बाही गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको सयुक्त इजलासले परमादेश जारी गरेको छ ।धनकौल गाउँपालिकाका अध्यक्ष साहले विभिन्न मितिमा नागरिकता किर्ते गरेको पाइएपछि नागरिकता किर्तेमा कारवाही गर्न अदालतमा मुद्दा दायर भएसंगै उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको सयुक्त इजलासले पक्राउ गरि अनुसन्धान तथा आवश्यक कारवाही गर्न परमादेश दिएको हो ।
अध्यक्ष साहले विभिन्न फरक फरक जन्म मिति राखी तीन वटा नागरिकताहरु प्रयोग गर्दै आइरहेको खुलेपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको सयुक्त इजलासले पक्राउ गरि अनुसन्धान तथा आवश्यक कारवाही गर्न परमादेश दिएको ईलाका प्रहरी काार्यलय बरहथवाले जनाएको छ ।गाउँपालिका अध्यक्ष साहले एउटा १९–०१–७३–०८६३६ नम्बर भएको नागरिकता २०७४।१२।१९ मा लिएको नागरिकता उच्च अदालत जनकपुरमा उनले एउटा मुद्दा लड्दा पेश गरेका छन्। 
गाउँपालिका अध्यक्ष साहले २६०१९०२१७ नम्बरको नागरिकता मिति २०३४।०१।१० मा  लिएका छन् । सो नागरिकता अध्यक्ष साहले २०६४ सालमा जग्गा किन्दा मालपोत कार्यालय मलंगवामा रजिस्टेशन नम्बर १३८१ मा पेश गरेका छन्। यहि नागरिकतालाई गाउँपालिका अध्यक्ष साहले १० वर्ष बढाएर २०६८ मा सुगर मिलको नाममा जग्गा दर्ता गराएका छन्। 
यसैगरी गाउँपालिका अध्यक्ष साहले अर्को नागरिकता निर्वाचन आयोगको मतदाता नामावली परिचय पत्र बनाउँदा उनको जन्म मिति २००१।०१।१० भएको नागरिकता पेश गरेका छन् । साहले अहिले पनि विभिन्न काममा यीनै तीन वटै नागरिकताको प्रयोग गर्दै आइरहेका स्रोतको दाबी छ ।
त्यसपछि मिति २०८०।०५।१८ मा इलाका प्रहरी कार्यालय बरहथवाले कार्यालयको दर्ता फाँटमा २०८०÷०८१ को फाइलमा ३६ नम्बरमा अध्यक्ष साहमाथिको नागरिकता कसुर सम्बन्धि कारवाही गरि पाउँ भनि परेको मुद्दा दर्ता गरेको भएपनि प्रहरीले भने गाउँपालिका अध्यक्ष साहलाई पक्राउ गर्न नसकेको तथा भदौ २२ गते देखि नै उनको फोन अफ रहेको र घरमा नै नरहेको कारण पक्राउ गर्न नसकिएको जनाएको छ ।
यस अघि प्रमाणसहित नागरिकता कसुरमा पक्राउ गरि कारवाही गरि पाउँ भनि इलाका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराउन खोज्दा उक्त कार्यालयले मुद्दा दर्ता गरेको थिएन।अध्यक्ष साहबाट कुनै कुरा बाहिरिएको छैन तर अध्यक्ष साहका कार्यकर्ताले भने उक्त नागरिकता हराएका कारण पछि लिएको बताएका छन। यसघि प्रमाणसहित नागरिकता कसुरमा पक्राउ गरि कारवाही गरि पाउँ भनि इलाका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराउन खोज्दा उक्त कार्यालयले मुद्दा दर्ता गरेको थिएन।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech