सिन्धुलीको सुनकोशी गाउँपालिका ६ र ७ जोड्ने आरूबोटे खोलामा पक्की पुल शिलान्यास गरिएको छ।सुनकोशी गाउँपालिका ६ र ७ जोड्ने आरूबोटे खोलामा पक्की निर्माण गर्न प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले शिलान्यास गरेका छन् ।बागमती प्रदेश सरकारको कुल रु दुई करोड २१ लाख ७२ हजार तीन सय ३० मा निर्माण हुने १६ मिटर लामो पुल सारस जि.एस.सी÷श्रीकृष्ण(जेभी)ले निर्माण गर्ने सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल)ले जानकारी दिईन्।उनका अनुसार सुनकोशी गाउँपालिका ६ र ७ जोड्ने आरूबोटे खोलामा पक्की पुल निर्माण भएपछि मझुवा–गौखर्क–आरूबोटी–सार्कीछाप–अमारे ग्रामीण सडक सञ्चालनमा सहज हुने छ ।
गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरेर सम्झौता अबधि भित्रै पुल बनाई सक्न ठेकेदार कम्पनीलाई प्रतिनिधिसभा सदस्य दाहालले निर्देशन दिए।पुल जति चाडो बन्यो त्यति नै चाडो जनतालाई आवत जावत गर्न सहज हुने भन्दै प्रतिनिधिसभा सदस्य दाहालले तिव्रताका साथ पुल निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका हुन ।
पुल उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष सुरथ कुमार बसेल,सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष महेन्द्र बहादुर थापा सहित विभिन्न राजनिती दलका प्रतिनिधिहरुको उपस्थिति रहेको स्थानीय चिरञ्जीवी दाहालले जानकारी दिए ।