सर्लाहीमा सोमबार ५ जना कोरोना संक्रमित थपिए

2.7k Shares

सर्लाहीको गोडैता नगरपालिकामा सोमबार कोरोना भाईरस(कोभिड १९) का ५ जना संक्रमित थपिएका छन् । ४ सय जनाको थ्रोट स्वाब नगरपालिकाले एक हप्ता पहिला पठाएको थियो ।
नगरपालिकाले पठाएको ४ सय जना मध्य अझैँ १ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । आईतबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोमबार ५ जना गरी २९ जना कोरोना संक्रमितकोे पहिचानको काम भई रहेको नगर प्रमुख देवेन्द्र यादवले जानकारी दिनु भयो ।

 
नगरमा कोरोना संक्रमण फैलिँदै गएपछि परीक्षणको दायरा पनि बढाइएको नगर प्रमुख यादवले बताउनु भयो ।पछिल्लो समयमा कोरोना भाईरस संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि जिल्लाका स्थानिय निकायहरुले परीक्षणको दायरा बढाएका छन ।

सम्बन्धित समाचार