मधेशमा राष्ट्रघाती भाषा सरकारी काम काजको भाषा बनाउन लागिएको भन्दै नेकपाको आपत्ति

462 Shares

मधेश प्रदेश सरकारले मैथिली,भोजपुरी,बज्जिका,हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरेको प्रस्ताव प्रति नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशले आपत्ति जनाएको छ। मधेशका भाषाहरु थारु,उर्दू,मगही,तामाङलगायत भाषाहरु छुटाएर हिन्दी र अंग्रेजीलाई कामकाजको भाषाको रुपमा मधेश प्रदेश सरकारले प्रयोगमा ल्याउने गरी गरिएको प्रस्ताव प्रति नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेशले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
जन विरोधी,राष्ट्रघाती र नेपाली संस्कृतिको विरुद्ध विदेशी शक्ति केन्द्र रिझाउने नियतले जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले सरकारी काम काजको भाषाको रुपमा मैथिली,भोजपुरी,बज्जिका,हिन्दी र अंग्रेजी भाषालाई ल्याउन खोजेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल शर्मा(विरही)ले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
“विदेशी भाषा जीवन संघर्षमा सहयोगी बन्न सक्छ।त्यो व्यक्तिको रुचीको विषय हो।तर विदेशी भाषालाई जबरजस्ती लाद्ने  र नेपाली भाषालाई किनारामा धकेल्ने मधेश प्रदेश सरकारको नियत राष्ट्रिय स्वाधीनताको विरुद्ध विदेशीको इसारामा ल्याइएको देखिन्छ।हाम्रो पार्टी सरकारलाई सो प्रस्ताव फिर्ता लिन माग गर्दछ र सरकारको यस्तो बदनियतपूर्ण हर्कतको विरुद्ध प्रतिरोध गर्न सबै देशभक्त तथा बौद्धिक शक्तिसँग अपिल गर्दछ ।” मधेस प्रदेश इन्चार्ज अनिलले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयले माघ ९ गते प्रदेश संसदमा मैथिली,भोजपुरी, बज्जिका,हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव गरेको  थियो ।सो प्रस्तावमा विभिन्न पार्टीका प्रदेश सभा सदस्यहरुले समेत आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार