Close This

मंलगवाको प्लाई उद्योगमा आगलागी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२ गते   ३२२ पटक हेरिएको

जिल्ला सदरमुकाम मंलगवामा रहेको जय बजरंग प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत तार सर्ट भएर बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–४ शिवसागर चोकमा रहेको प्लाई उद्योगमा आगलागी भएको हो ।
हरिवनको दमकलसँगै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाले आगो राति करिब ९ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्लाई बनाउने मेशिन स्थलबाट विद्युत सर्ट भई अगलागी हुँदा उपकरणहरु र कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन तथ्यांक भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech