बलको पार्थिक शरिरमा अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डद्धारा झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-८ गते   ९९७ पटक हेरिएको

करिब तीन साताअघि हृदयघात भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य माया वलको उपचारको क्रममा शनिबार साँझ निधन भएको छ । सर्लाहीको हरिवन नगरपालिका ९ निवासी माओवादी केन्द्रकी केन्द्रीय सदस्य वल करिब तीन साता पहिला हृदयघात भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी र उपचारको क्रममा शनिबार राती करिब ८ बजे उनको निधन भएको माओवादी केन्द्र सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए ।


काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएकी केन्द्रीय सदस्य बलको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्थिक शरिरमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव,उप महासचिव लगायतका पदाधिकारी र अन्य नेता तथा कार्यकर्ताहरुको उल्लेख उपस्थित रहेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रहलाद कुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ९ सुखेपोखरी निवासी बल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिईन् । पार्टीले मंसिर ४ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बललाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर,समानुपातिक सांसदको सूचीमा भने उनी पर्न सकिएनन् ।
दिवंगत बलको सामाजिक परम्परा अनुसार  सोमबार बिहान ११ बजे बागमती नगरपालिका १२ स्थित बागमती घाटमा अन्त्यष्टी गर्ने कार्यक्रम रहेको र बिहान १० बजे हरिवन नगरपालिका ९ बलको निवासमा जम्मा भइ शव यात्रा गर्ने कार्यक्रम रहेकोले पार्टीका सबै  तह तप्काका नेता कायृकर्ताहरुका साथै  बललाई चिन्ने र आफन्त जनलाई अन्तिम श्रदान्जली व्यक्त गर्न उपस्थित हुन माओवादी केन्द्र सर्लाहीले आग्रह समेत गरेको छ ।
दिवगंत बलका श्रीमान,एक छोरा र तीन छोरी छन् । बलको पार्थिव शरीर अहिले हरिवन नगरपालिका ९ स्थित उनको निजी निवासमा ल्याइएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्किएपछि बलको पार्थिव शरीर सर्लाही ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
बल जनयुद्धमा काखमा बालक बोकेरै युद्धमा होमिएकी थिईन् ।बलको निधनप्रति माओवादी केन्द्रसहित विभिन्न पार्टीका नेताहरुले सामाजिक संजालमा उनको योगदानको प्रशंसागर्दै श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech