सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि बागमतीमा छलफल

825 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमती नगरपालिकाको शिक्षा शाखा र शिक्षा पत्रकार समूह विच सामुदायिक विद्यालयहरुको शिक्षा क्षेत्रको सुधार र संघिय शिक्षा ऐन नआउँदा शिक्षा क्षेत्रमा परेको प्रभाव लगायतका विषयमा छलफल भएको छ ।
बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्की र शिक्षा पत्रकार समूह मधेश प्रदेशका अध्यक्ष दिपेन्द्र सिहका विचमा बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार,संघिय शिक्षा ऐन नआउँदा सामुदायिक विद्यालयहरुको शिक्षा सुधारमा परेका समस्याहरुका विषयमा छलफल भएको हो ।
शिक्षा पत्रकार समुहले मधेश प्रदेश सहित सातै प्रदेशमा शिक्षा सुधारमा स्थानीय तहसंगसंगै र संघिय शिक्षा ऐन नआउँदा सामुदायिक विद्यालयहरुको शिक्षा सुधारमा परेको प्रभावका विषयमा स्थानीय तहहरुसंगको समन्वयमा अन्र्तक्रिया तथा सामुदायिक विद्यालयहरुको वस्तुगत अवस्थाहरुको बारेमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरि रहेको समयमा सर्लाहीका २० मध्य सामुदायिक विद्यालयहरुको शिक्षामा सुधारात्मक परिवर्तन गरेको बागमती नगरपालिका र जिल्लामा सामुदायिक विद्यालयहरुको अवस्था खस्कँदो अवस्थामा रहेको एक गरी दुई स्थानीय तहमा शिक्षा पत्रकार समुहले मधेश प्रदेश सहित सातै प्रदेशमा शिक्षा सुधारमा स्थानीय तहसंगसंगै र संघिय शिक्षा ऐन नआउँदा सामुदायिक विद्यालयहरुको शिक्षा सुधारमा परेको प्रभावका विषयमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरि रहेको शिक्षा पत्रकार समुहका मधेश प्रदेश अध्यक्ष सिंहले बताए ।
पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरु र शिक्षाविद्धहरुको उपस्थितीमा हुने कार्यक्रम बैशाखको अन्तीम साता सञ्चालन गर्ने तयारी गरेको शिक्षा पत्रकार समुहले बागमती नगरपालिकाको शिक्षा शाखासंग छलफल गरेको होे ।

सम्बन्धित समाचार