उपचारमा लापर्बाहीले आफन्तको ज्यान गएको भन्दै पीडित पक्ष प्रदर्शन

226 Shares

सर्लाहीको बरहथवामा स्थानीयले प्रदर्शन गरेका छन् ।बरहथवा नगरपालिका ७ दुधडेरी चोकका अन्दाजी ३८ वर्षीय प्रमोद पासवानको उपचारको क्रममा मृत्यु भएपछि पीडित पक्षले बरहथवा बजारमा प्रदर्शन गरेका हुन ।बरहथवा नगरपालिका ७ दुधडेरी चोकका पासवानलाई बिहीबार पेट दुखेपछि उपचारका लागि नगर अस्पतालमा लगिए पनि आवश्यक उपचार सम्भव नभएपछि स्थानीय हनुमन्त अस्पताल पुयाइएको थियो। त्यहाँ उपचारको क्रमममा पासवानको मृत्यु भएपछि पीडित पक्षले शव अस्पतालको मुख्य गेटमै राखी रातिदेखि नै प्रदर्शन गरेका हुन्।चिकित्सकको लापर्बाहीले आफ्ना मान्छेको मृत्यु भएको पीडित पक्षको आरोप छ ।

28-08-2025-68b074c821fc5-t.jpg
यताा,मादक पदार्थ अत्याधिक सेवन गरेका कारण पासवानको मृत्यु भएको अस्पतालका चिकित्सक डा. खुशनन्दन पाण्डेले दाबी गरे।पीडित पक्ष र अस्पताल प्रशासनबीच समस्या समाधानका लागि छलफल भइरहेको लाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सम्बन्धित समाचार