गोलन्जोर ४ को बत्सला मा.विको भवन शिलान्यास

410 Shares


सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ हिर्दिङ किराँतेमा रहेका बत्सला मा.वि.को भवन शिलान्यास गरिएको छ ।गोलन्जोर गाउँपालिकाको समन्वयमा“ब्याक टु लाइफ ई.भी. जर्मनी” र समुदाय पद्धति विकास सेवा,सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको आठ कोठे भवनको शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाअध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले जानकारी दिए ।
उनका अनुसार एक करोड ७३ लाख ४६ हजार एक सय ६५ रुपैयाँ ६९ पैसामा विद्यालयको आठ कोठे भवन निर्माण हुने भएको हो । भवन निर्माणका लागि मनिचुङ बिल्डर्स,शंखरापुर २, काठमाडौंसँग असोज ४ गते एक वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको गाउँपालिकाले जनाएको छ।नयाँ भवन निर्माण पश्चात एक सय ४७ घरधुरीका एक हजार १३ जना विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बराल,उपाध्यक्ष न्यौपाने सहित जनप्रतिनिधिहरुका साथै कर्मचारीहरु र स्थानीयको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार