Close This

आवको अन्त्यमा टालटुले काम,आधा योजना अलपत्र

रासस    प्रकाशित: २०७७-३-६ गते   ३३५ पटक हेरिएको

आर्थिक वर्षको लामो समय सम्म काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृति अझै छँदैछ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा यतिखेर उपभोक्ता समिति गठन गरेर विकास निर्माणका काम धमाधम भई रहेको छ ।
यस वर्ष जिल्लाका अधिकांश स्थानिय निकायले सडक विस्तार तथा स्तरोउन्नतीलाई प्राथमिकतामा पारेका छन । विकास निर्माणका लागि जिल्लाका स्थानिय निकायले ८० लाख देखि १ करोड २५ लाख सम्म बजेट वडा कार्यालयका लागि साना तथा ठुला योजनाहरुको काम धमाधम भई रहेको भएपनि ठुला योजनाहरु गर्न छुट्याएको भएपनि ठुला योजनाहरु अलपत्र परेका छन ।
चालु आर्थिक वर्ष २०७६÷०७७ सकिन अब करिब १ महिना बाँकी रहँदा स्थानिय  निकाय धमाधम बजेट सक्ने कसरतमा लागेका छन । नगरपालिकाहरुले प्रत्येक वडालाई ८० लाख देखि १ करोड २५ लाख सम्म बजेट  भागबण्डा लगाएर सकाउन निर्देशन नै जारी गरेको केही वडा अध्यक्षहरुले बताएका छन । त्यहि बजेटले वडा अध्यक्षहरुले भित्रि गाउँहरुमा नयाँ सडक बनाउने,पीसीसी ढलान गर्ने,कालोपत्रे गर्ने काम सुरु गरेका छन ।हतारमा उपभोक्ता समिति गठन गर्ने तथा ठेक्का लगाउने समिति गठन गर्दा तथा ठेक्का लगाउदा नगर प्रमुख तथा उप प्रमुखका आसेपासेहरु र कति पय वडा अध्यक्षहरुलाई पार्ने प्रवृतिका कारण काम जति गुणस्तरीय हुनु पर्ने हो सो अनुसार नहुने गरेको देखिएको छ ।
जिल्लाका विभिन्न स्थानिय निकायहरुले ठेक्का मार्फत तथा  निर्माण उपभोक्ता समिति मार्फत गरेका विकास निर्माणका कामहरु गुणस्तर हिन हुँदा निर्माण सम्पन्न भएको केही समयमै भत्कीन थालेका छन । त्यस्तै जिल्लाका अधिकांश स्थानिय निकायले गरेको काम गुणस्तरीय नभएको भन्दै चैतर्फी विरोध समेत भएका छन । चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानिय निकायले सडकलाई विकासको प्राथमिकतामा राखेका जिल्ला समन्वय समिति सर्लाहीका  सभापति मेथुर चौधरीले बताउनु भयो । परिषद ढिलो हुँदा कतिपय स्थानिय निकायले समयमै काम सुरु गर्न नसक्दा काम भई रहेको सभापति चौधरीले बताउनु भयो ।
अहिले स्थानिय प्रदेश तथा केन्द्र सरकारका योजना अन्र्तगत विभिन्न सडकहरुको काम भई रहेको छ । चालु आवमा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश नै लक डाउनमा परेपछि आफुहरुले सोचे अनुसारको काम गर्न नपाएको स्थानिय निकायका प्रमुखहरुले बताएका छन । भने बलरा नगरपालिका लगायतका स्थानिय निकायमा नगर प्रमुख तथा उप प्रमुख र जनप्रतिनिधिहरु बीचमा उत्पन्न विवादले नगरको कुनै पनि विकास निर्माणका काम नै हुन सकेनन् ।
११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लामा हजारौँ योजनाहरु ठेक्का प्रकृया मार्फत सञ्चालीत रहेका छन भने कति पय योजनाहरु निर्माण उपभोक्ता समिति मार्फत सञ्चालीत रहेका छन । जसमा केही योजनाहरु बहुवर्षे भएपनि धेरै योजनाहरु एक वर्षे रहेका छन । वर्षायास सुरु भई सक्दा र दैनिक पानी परि रहँदा पनि  सडक निर्माणको काम निरन्तर भई रहँदा दिगो निर्माण नहुनेमा स्थानियबासी चिन्तीत छन । भने ठेकेदार कम्पनीहरु र निर्माण उपभोक्ता समितिहरु जति चाँडो काम सकाएर विल फर्साैट गर्ने दाउमा रहेका छन ।

विकास निर्माणको काम समयमै नहुँदा दिगो नहुनेमा स्थानिय बासीको चिन्ता भई रहँदा दिनमा १÷२ किलो मिटर सम्म पनि सडकको काम सकाउने दाउँमा ठेकेदारहरु र निर्माण उपभोक्ता समिति रहँदा हरेक वर्ष टालटुले काम हुने गरेको स्थानिय जानकारहरुले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech