सर्लाहीको बलराबाट सशस्त्र प्रहरी बल नेपाल बाेडर आउट पाेष्ट(बिओपी) छ्तौनाले प्रतिवन्धित लागू औषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । लुकाई छिपाई भारत तर्फ लैजान लागेकाे अवस्थामा नेपाल भारत सिमा क्षेत्रबाट अन्दाजी ३ किलाे १ सय ८२ ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित बिआर ३० एच ६७४५ नम्बरकाे मोटरसाइकलमा र गाेडैता नगरपालिका ११ का अन्दाजी वर्ष १७ का राजेश कुमार पटेललाई नियन्त्रणमा लिईएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार शंका लागि मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटको कभरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा अन्दाजी ३ किलाे १ सय ८२ ग्राम प्रतिवन्धित लागू औषध गाँजा बरामद् भए पछि पटेल र माेटरसाईकल नियन्त्रणमा लिईगकाे हाे । नियन्त्रणमा लिएर करिब ३ किलो १ सय ८२ ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित मानिस र मोटरसाइकल आवश्यक अनुसन्धान र कार्बाहीकाे लागि इलाका प्रहरी कार्यालय गडहीयामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।