प्रहरी निरिक्षक थापाद्धारा माओवादी केन्द्रका नेताहरुमाथी हातपात र दुव्यवहार

868 Shares

नेकपा(माओवादी केन्द्र) हरिवन नगर समितिका अध्यक्ष,सचिव र माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) सर्लाहीका संयोजक माथी ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षकको कार्यकक्षमा दुव्यवहार भएको छ ।
माओवादी केन्द्र हरिवनका नगर समितिका अध्यक्ष अर्जुन पन्त,सचिव गौरी महतो र अनेरास्ववियु(क्रान्तिकारी) सर्लाहीका संयोजक मो.साबुदिन शेखमाथी ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापा सहितको टोलीले गाली बेइजेती र दुव्यवहार गरेका हुन ।
माओवादी केन्द्र हरिवनका नगर समितिका अध्यक्ष पन्त अचानक विरामी भई आफ्नो नीजि बा १४ च ९२२९ नम्बरको कारमा राखेर उपचारको लागि काठमाण्डौँ तर्फ लान लाग्दा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले गैर कानुनी कार्य गर्ने अपराधि सरह व्यवहार गरेका माओवादी केन्द्र हरिवनका नगर समितिका सचिव महतोले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले गैर कानुनी कार्य गर्ने तथा लागु औषध ओसार पसार गर्ने मानिसलाई गरे झैँ बिरामी बोकेर हिडेको नीजि कारलाई विभिन्न किसिमका गालिगलौज गर्दै खनतलासी गरेका हुन । साथै उनी मापसे गरी बर्दिमा रहेका र दादागिरी शैली अपराधिलाई झैँ आफुहरुलाई गालिगलौज र दुव्यवहार गरेका सचिव महतोले बताए ।
त्यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) सर्लाहीका संयोजक शेखमाथी ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा कै कार्यकक्षमा प्रहरी निरिक्षक थापाका बडिगार्ड दिलिप कुमार मण्डलले हातपात गर्नुका साथै दुव्यवहार गरेका हुन ।
काम विशेषले प्रहरी निरिक्षक थापालाई भेट्न पुगेको आफुमाथी वडिगार्ड मण्डलले हातपात गर्नुका साथै गाली बेइजेती र दुव्यवहार गरेका माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) सर्लाहीका संयोजक शेखले जानकारी दिए ।
यता,प्रहरी निरिक्षक थापाले माओवादी केन्द्र हरिवनका नगर समितिका अध्यक्ष पन्त र सचिव महतोमाथी कुनै प्रकारको गालिगलौज र दुव्यवहार नगरेको दाबी गरेका छन् । उनले माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) सर्लाहीका संयोजक शेखलाई पनि खासै कुनै किसिमको हातपात, गालिगलौज र दुव्यवहार नगरेको बताएका छन् । बरु आफ्ना वडिगार्डले नचिनेका कारण केही समस्या भएको र पछि समाधान पनि भएको बताए ।
ईलाका प्रहरी कार्यालय हरिवनको प्रमुख भएर केही समय पहिला आएका प्रहरी निरिक्षक थापाले दादागिरी चलाएका स्थानीयको आरोप छ । पुर्व पश्चीम राजमार्ग स्थित हरिवनमा रहेको ईलाका प्रहरी कार्यालयमा प्रमुखको रुपमा केही समय पहिला आएका प्रहरी निरिक्षक थापाको गैर कानुनी रुपमा दादागिरी बढाएका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार