झापाका पोखरेलले सर्लाहीमा आएर आफ्नै शरीरमा आगो लगाए

181 Shares

पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर अगाडि आफ्नै शरीरमा पेट्रोलियम पदार्थ छरि आगो लगाई जलि घाईते भएका पुरुषको मृत्यु भएको जिल्ला प्र्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार झापाको गौरादह नगरपालिका २ का अन्दाजी वर्ष ५५ का सुर्य प्रसाद पोख्रेलले आफ्नो शरिरमा पेट्रोलियम पदार्थ छरि आगो लगाई जलि रहेको अवस्थामा स्थानियले देखि प्रहरीलाई खबर गरी उद्धार गरेर सिटी हेल्थ केयर सेन्टर लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पातल जनकपुर पठाइएकोमा त्यहाँँ उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार साँझ करिब पौने ८ बजे आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छरि आगो लगाई जलि घाईते भएका पोखरेलको तत्काल नामथरवतन नखुलेपनि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारीको नेतृत्वमा प्रहरी टोली गई ९० प्रतिशत शरिर जलेर गम्भीर घाईते अवस्था रहेका उनलाई तत्काल उद्धार गरीएको थियो ।पोखरेलले के कति कारण आफ्नो शरीरमा आगजनी गरे सोको अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।शव यो समाचार तयार पार्दा सम्म प्र्रादेशीक अस्पताल जनकपुर मै रहेको र पोखरेलका आफन्तहरु सम्पर्र्कमा आई सकेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार