स्वतन्त्र उम्मेदवार कुशवाहको चुनाव चिन्ह जेव्रा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२६ गते   ३९४ पटक हेरिएको

सर्लाहीको क्षेत्र नम्बर ३ ( ख) बाट स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशबाहले चुनाव चिन्ह जेव्रा पाएका छन् । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३(क) बाट आफ्नाे स्वतन्त्र उम्मेदवारी दिएका कुशबाहले आज चुनाव चिन्ह जेव्रा पाएका हुन ।
निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने क्रममा कुशबाशले जेव्रा प्राप्त गरेका हुन् । ’मैले चुनावी चिन्ह जेव्रा पाएको छु, म खुसी छु, अब हामी चुनावी प्रचारको लागि गाँउगाँउ पुग्नेछौँ ।’ उनले आफ्नो उम्मेदवारी विकास र सही राजनितिको लागि भएको समेत बताएका छन् ।
सर्लाही ३(क) का युवाका आशा र भराेसाका केन्द्र कुशवाह साे क्षेत्रका युवा,वृद्धिजिवीहरुका आशा र भराेसाका साथै विकास प्रेमी युवा नेता हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech