Close This

सर्लाहीमा नदी कटानले जिल्लाबासी चिन्तीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२९ गते   ३२०३ पटक हेरिएको

लखनदेही खोलाको बाँध बाढीले कटान गरेको फोटो रितिक अधिकारी

सर्लाहीका विभिन्न स्थानमा नदीले कटान गरेको छ ।पछिल्लो समय लगातार परेको पानीले नदी किनारको बाँध तथा ड्यामहरु कटान गरेपछि जिल्लाबासी त्रसित बनेका छन ।
जिल्लाको लालबन्दी नगरपालिका १७ अन्र्तगत रहेको कालीन्जोर खोला तथा लखनदेही,फुलाजोर,चापिनी र बागमती खोलामा पानीको बहाव बढेर नदी छेउका बाँधहरु कटान सुरु गरेपछि सो क्षेत्रका स्थानियबासीहरु चिन्तीत बनेका छन । लालबन्दी नगरपालिका १७ को रानीगञ्जमा कालीन्जोर खोलाले बाँध बगाएको छ । नदी नियन्त्रणका लागि लगाएको बाँध खोलाले बगाएपछि सो क्षेत्रका स्थानियबासीहरु अहिले त्रसित भएका छन ।  लगातारको पानीले खोलामा बाढी आएका कारण बाँध बगाएपछि खेती योग्य जमिनमा नदी पस्नुको साथै गाउँमा नदी पस्ने सम्भावना बढेको रानिगञ्जका स्थानिय गोपाल अधिकारीले बताउनु भयो ।
बस्ती नजिकै रहेको बाँध खोलाले भत्काउन थालेपछि स्थानियबासी रातको समयमा पनि कतिबेला नदी पस्छ भन्ने चिन्ताले सुत्न समेत नपाएको स्थानियको भनाई छ । यता लखनदेही खोलाले पुर्व पश्चीम लोकमार्गको पुलको छेउमा बनाइएको बाँध भत्काएको छ । अहिलेको तुलनामा लगायता खोलामा पानीको बहाव बढे पुर्व पश्चीम लोकमार्ग अन्र्तगतको लखनदेहीको खोलाको पुलमा समेत क्षती पुग्ने देखिएको छ । 
त्यसैगरी इश्वरपुर नगरपालिका १२ को फुलजोर खोलामा निर्माणधिन सिचाई बाँध बाढीले बगाएको छ । नगरपालिकाको ५ लाख र वडा कार्यालयको ५ लाखको लागतमा निर्माण सुरु भएको बाँध अचानक आएको बाढीले  बगाएको सिचाई बाँध निर्माण उपभोक्ता समितिका अध्यक्ष बललिप थापाले जानकारी दिनु भयो ।
सिचाई बाँध निर्माणमा प्रयोग भएका ट्याक्टर,फर्मा,मिक्चर लगायतका सामाग्रीहरु पनि खोलाले बगाएको निर्माण उपभोक्ता समितिका सचिव दुर्गा बहादुर बुढाथोकीले बताउनु भयो ।निर्माणधिन अवस्थामा रहेको बाँध भत्काउँदा रहेक पटक १ लाख भन्दा बढी खर्च भई रहेको बुढाथोकीले बताउनु भयो । यस वर्ष पछिल्लो समयमा लगायतार पानी परेपछि असार,साउनमा डुवान तथा बाढी नपसेको क्षेत्रमा अहिले भत्काउन सुरु गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech