सामाजिक विकासमा गैससको भुमिका र सुचनाको हक विषयक अन्तक्रिया कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । “सामाजिक क्षेत्र राष्ट्र्यि गौरव आजको प्राथमिकता समृद्धि र सुरक्षाको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता” भन्ने मुल नाराको साथ ४१ औ सामाजिक सेवा र अन्तराष्ट्र्यि सुचनामा विश्वव्यापी पहुँच दिवसको अवसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामाजिक विकासमा गैर सरकारी संस्थाको भुमिका र सुचनाको हकको विषयमा कमलामाई नगरपलिकाका शाखा अधिकृत सागर कुमार ढकालले सहजिकरण गर्नु भएको थियो । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले विकास निमार्णको लागि गैर सरकारी संस्थाले विभिन्न रुपबाट महत्वपूर्ण योग्दान पुर्याएको बताउनु भयो । उहाँले सुचनालाई व्यवस्थापन गर्न जरुरी रहेको बताउदै आफुले उत्पादन गरेको कुरा कत्तिको गुणस्तर छ भन्ने कुरा आफैले बुझ्न जरुरी रहेको बताउनु भयो । नगर प्रमुख खत्रीले कार्यक्रमको अवसरमा नगरपालिका भित्र कोही नागरिक भुमिविहिन नहुने बताउनु भएको छ ।
पास्पारिक जवाफदेहिता परियोजना अन्तगर्त हुडेक नेपाल दोलखा शाखा कार्यलय सिन्धुली र गैरसरकारी संस्था महासंघ सिन्धुलीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
गैर सरकारी संस्थाका अध्यक्ष वेद राज दाहालको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख, सरोकारवाला निकाय लगाएको उपस्थिति रहेको थियो ।
यस्तै फिक्कल गाउँपालिकामा पनि सामाजिक विकासमा गैससको भुमिका र सुचनाको हक विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण महिला चेतना केन्द्र र सामुहिक सरोकार सामाज सिन्धुलीको आयोजना कार्यक्रम भएको फिक्कल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनु भयो । गैरसरकारी महासंघ नेपाल सिन्धुलीका अध्यक्ष देवराज दाहालको अध्यक्षता भएको कार्यक्रममा फिक्कल गाउपालिकाका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, वडा अध्यक्ष एवं प्रवक्ता राजु बराल, ग्रामीण महिला चेतना केन्द्रका अध्यक्ष खड्ग बसु, सामुहिक सरोकार सामाज सिन्धुलीका अध्यक्ष नवराज पहाडी लगाएतको उपस्थिती रहेको थियो ।उर्मिला भट्टराई