Close This

सिन्धुलीमा वर्तमान अवस्थाको शिक्षा र क्लस्टर उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२६ गते   ५७१ पटक हेरिएको

सन्धिुलीको कमलामाई नगरपालिकाको भिमानमा शुक्रबार क्लस्टर उद्घाटन तथा भिमान क्लस्टर अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 
कमलामाई नगरपालिकाले नगरको शैक्षिक गतिविधिलाई सहज बनाउन नगरभरीको विद्यालयहरुलाई ३ क्लस्टरमा विभाजन गरिएको छ । यसै अनुरुप शुक्रबार क्लस्टरको उदघाटन गरिएको हो । भिमान क्लस्टरमा नगरको वडा नम्बर ८,९,१०,१३,१४ गरी पाँचवटा वडाहरु पर्दछन् । कार्यक्रममा उपस्थित अतिथी तथा प्रधान अध्यापकहरुलाई क्लस्टर विद्यालयका प्रधानाध्यापक कृष्ण निरौलाले स्वागत गर्नू भएको थियो ।

कार्यक्रममा तीनवटै क्लस्टरका सहजकर्ताहरु डा। हरी पोखरेल, जगत आले र दिपक बुढाथाकीले विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो । अहिलको परिवेशमा गृहकार्यलाई कसरी विद्यार्थीसँग जोड्ने र रेडियोवाट प्रसारित बैकल्पि शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेवारेमा कार्यक्रममा छलफल भएको भिमान क्लस्टरका सहजकर्ता डा। हरी पोखरेलले जानकारी दिनुभयो ।
 कमलामाई नगरपालिका भिमान क्लस्टरको आयोजनामा भएको कार्यक्रममा  कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले  प्रमुख अतिथ्यता जनाउनु भएको थियो भने नगर शिक्षा प्रमुख शंखरराज लुइटेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो 
उर्मिला भट्टराइ

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech