Close This

चमेलीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   १७६३ पटक हेरिएको

चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इश्वरपुर नगरपालिका ६ को गल्ला महासंघको भवनमा भएको साधारण सभामा संस्थाको आ.व ०७७÷०७८ को आयव्यय रु २ अर्ब,३३ करोड,९५ लाख ९५ हजार ३ सय ३९ कारोवार गरेको जानकारी गराइएको थियो ।
 ९ हजार ४ सय ६२ जना सदस्य रहेको सहकारीको जिल्लाका  ५ स्थानमा आफ्ना शाखा कार्यालयहरु रहेका छन् । जिल्लाको मलंगवा,गोडैता,बरहथवा,इश्वरपुर र पर्साफारीमा गरी आफ्ना ५ शाखामा गरी ९ हजार ४सय ६२ जना सदस्य रहेको संस्थाका लेखा समिति संयोजक मेन कुमार गौतमले जानकारी गराउनु भयो । 
सहकारी संस्था भएपनि समाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय रहेको सहकारीले स्वारोजगार क्षेत्रमा समेत लगानी गर्ने गरेको संस्थाका ऋण उप समिति संयोजक इब्राहिम अन्सारीले जानकारी दिनु भयो ।
सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राम प्रताप साहको अध्यक्षतामा १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech