व्यापारीसंग कमिसन मागेकाे अडियाे बाहिरिएपछि सई दास र जवान यादव निलम्बन

453 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरमा कार्यरत सहायक निरीक्षक (सई) बैधनाथ दास र अर्का प्रहरी जवान सन्ताेष कुमार यादव निलम्बित भएका छन् ।स्थानीय व्यापारीसँग कमिसन लेनदेनको फाेन कल अडियो सार्वजनिक भएपछि सई दास र अर्का प्रहरी जवान यादवलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार सई दास र स्थानीय व्यापारीबीच कमिसन लेनदेनकाे कुरा भएको फाेन कल अडियाे बाहिरिएपछि सई दासलाई साथै त्यस्तै कार्यमा संग्लग्न प्रहरी जावन यादवलाई समेत निलम्बन गरेर उक्त घटनाबारे आन्तरिक छानबिन सुरु गरेको हाे ।

प्रारम्भिक तथ्यका आधारमा सई दास र प्रहरी जावन यादवलाई निलम्बन गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सराेज राईले जानकारी दिए ।नेपाल भारत खुल्ला सीमानाकाे फाईदा उठाउँदै भारतबाट नेपालमा भन्सार छली विभिन्न किसिमका सामानहरुका साथै लाग औषध भित्र्याउने र नेपालबाट पनि साेही क्रममा सामानहरु सीमा वारपार गर्ने काम सुरक्षाकर्मीहरु कै सहयाेगमा हुने गरेकाे भन्दै प्रहरी कर्मचारीहरु र प्रहरी संगठनको छविमाथि समय समयमा प्रश्न उठ्ने गरेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेशका अध्यक्ष अशाेक यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक याेगेन्द्र कुमार खड्का विच विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्का यस प्रकारका कार्य गर्ने प्रहरी कर्मचारी माथि आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन ।जसकाे एउटा उद्दाहरण सई दास र प्रहरी जवान यादव हुन ।

सम्बन्धित समाचार