Close This

सडक निर्माणको काम नभएको भन्दै स्थानीय पुन आन्दोलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-६ गते   १३७५ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बजार क्षेत्रको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले फेरि प्रदर्शन गरेका छन्। बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुवाँबाट आफुहरुले सास्ती खेप्नु परेको भन्दै स्थानिय पटक पटक आन्दोलीत भएका हुन ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुँवाबाट आफुहरुलाई सास्ती भएको भन्दै स्थानियले फेरि नगर प्रमुख र ठेकेदारको विरुद्ध प्रदर्शन गरेका छन् । सडक फराकिलो बनाउन भन्दै सडक छेउका संरचना भत्काएको लामो समय भई सकेको भएपनि  सडक निर्माणको काम हुन नसकेको र ठेकेदारलाई पटक पटक समय दिदा पनि वेवास्था गरेका कारण आफुहरु पटक पटक आन्दोलनमा उत्रनु परेको   स्थानिय आन्दोलनकारी विक्रम प्रसाद रौनियारले बताएका छन् ।  साहका अनुसार ठेकेदारले काम गर्न नसक्ने भए नगरपालिकालाई जिम्मा दिनुपर्ने आफुहरुको माग रहेको छ ।
सुदिस सन्तोषी (जेभि) काठमाडौंले रु ८५ करोडको लागतमा सर्लाहीको फुलजोर देखि त्रिभुवननगर सम्मको करिब २७ किलो मिटर हुलाकी लोकमार्गको निर्माणको ठेक्का लिएको भएपनि ठेकेदार तथा ठेकेदारका प्रतिनिधिहरु कोहि पनि फिल्डमा नआएको र हुलाकी सडक डिभिजन कार्यालय जनकपुरले पनि कुनै वास्ता नगरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख  मनोज कुमार देवकोटाले बताउनु भयो । राष्ट्रिय गौरवको आयोजना भएका कारण नगरपालिकाको दायित्व साईट क्लियर गर्ने काम मात्र काम भएकोे र त्यो पुरा भएको तर ठेकेदारले विभिन्न बाहनामा  निर्माण कार्यमा ढिलासुस्ती गरेको नगरप्रमुख देवकोटाले दाबी गर्नु भयो ।
नगरपालिकाकाले सडक फराकिलो पार्न भनी सडक आसपासका घर टहरा हटाएको भएपनि सडक निर्माणको काम लामो समय सम्म पनि नभएपछि बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुवाँले आफुहरुलाई सास्ती हुनुको साथै व्यापार व्यावसायमा तथा सडकमा यात्रा गर्न समेत गाह्रो भएको भन्दै आफुहरुले आन्दोलन गरेको उनिहरुको भनाई छ । नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो पार्न भत्काएको संरचनाको फोहोर र सडक कच्ची भइदिँदा त्यस क्षेत्रमा सवारीसाधन गुड्दा धुवाँधुलो फैलिने गरेको छ । भने १५ दिनमा निर्माण कार्य सकाउने बताएको ठेकेदार कम्पनी करिब २० दिन हुँदा समेत सम्पर्क बिहीन भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech