महत्वपुर्ण विषयमा सर्लाहीका सरोकारवालाहरुको छलफल

122 Shares

पूर्व–पश्चिम राजमाग अन्तरगत सर्लाहीमा पर्ने सडक खण्डका साथै हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण जोड्ने विभिन्न सहायक र ग्रामीण सडकहरुमा परेका खाल्टाखुल्टी र गुणस्तरहीन निर्माण कार्य लगायतका विषयमा सर्लाहीका सरोकारवालाहरुको छलफल भएको छ।प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले पूर्व–पश्चिम राजमाग अन्तरगत सर्लाहीमा पर्ने सडक खण्डका साथै हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण जोड्ने विभिन्न सहायक र ग्रामीण सडकहरुमा परेका खाल्टाखुल्टी र गुणस्तरहीन निर्माण कार्य समयमै गर्न तथा नदीजन्य पदार्थको जथाभावी उत्खन्न र ओसार पसारका कारण सडकको आयु घट्नुका साथै दैनिक सवारी दुर्घटनाको जोखिम बढ्ने र सर्वसाधारणहरुलाई समेत आवागमनमा कठिनाइ भोग्नु परेको विषयमा केन्द्रीत रहेको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार सर्लाही जिल्ला भरका सडक पूर्वाधारलाई सुरक्षित,दिगो र गुणस्तरीय बनाउन, निर्माणाधीन आयोजनाहरूलाई तोकिएको समयमै सम्पन्न गराउन र बहुपक्षीय निकायहरू सडक डिभिजन कार्यालय,पूर्वाधार कार्यालय,पर्यटन विकास कार्यालय,स्थानीय तह,सुरक्षा निकाय एवम् निर्माण व्यवसायीहरु बीच प्रभावकारी समन्वय कायम गरी समस्याको शीघ्र समाधान खोज्ने विषयमा छलफल गरिएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सर्लाहीमा पर्ने सडक खण्डका साथै हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण जोड्ने विभिन्न सहायक र ग्रामीण सडकहरुमा वर्षा लागेसंगै खाल्टाखुल्टी पर्दा र सरोकारवाला निकायको वेवास्थाका कारण सवारी दुर्घटनाको जोखिमका साथै साना नीजि सवारी साधनहरु सञ्चालनमा निकै कठिन हुने गरेको गुनासो छ ।

सम्बन्धित समाचार