लालबन्दीमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य आजबाट सुरु

3k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले मतदाता नामावली संकलनको काम आज(शुक्रबार)बाट शुरु गरेको छ । सर्लाहीमा सुरु भएको पहिलोचरणको कार्यक्रम अनुसार लालबन्दी नगरपालिकाले आज(शुक्रबार)बाट मदतादा नामावली संकलनको काम सुरु गरेको हो ।
आज(शुक्रबार) बाट सुरु भएको कार्यक्रम पौष २ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । फोटोसहितको मदतादा नामावलीको लागि १६ वर्ष उमेर पुगेर नागरिकता लिएका र मदतादा नामावलीमा नाम दर्ता गर्न छ्ुटेको नगरबासीलाई नगरपालिका कार्यालयमा उपस्थित हुन नगरपालिकालेअनुरोध गरेको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,स्थायी ठेगाना अन्यन्त्र भएकाहरुको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि,बिबाहिछ महिलाको हकमा बिबाह दर्ता प्रमाण पत्र सहित सम्बन्धीत व्यक्ति नै उपस्थित हुन नगरपालिकाले सुचना जारी गरेको छ ।

सम्बन्धित समाचार