सर्लाहीको चक्रघट्टा गाउँपालिका ६ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।चक्रघट्टा गाउँपालिका ६ स्थित हुलाकी सडक खण्डको गोहियाहीबाट चक्रघट्टा तर्फ जादै गरेको बिआर ३० भी ७४८९ नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फबाट आउदै गरेको बिआर ३० एसी ५५४८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनमा बिआर ३० भी ७४८९ नम्बरको मोटरसाईकलका चालक सर्लाहीको चक्रघाट्टा गाउँपालिका ८ का अन्दाजी वर्ष २० का सजाद अंसारी, बिआर ३० एसी ५५४८ नम्बरको मोटरसाईकलका चालक चक्रघट्टा गाउँपालिका ३ का अन्दाजी वर्ष ४४ का राम केवल दास र सोही मोटरसाईकलमा पछाडी सवार चक्रघट्टा गाउँपालिका ३ का अन्दाजी वर्ष ३८ का श्याम बहादुर मुखिया घाईते भएका छन् ।दुर्घटनामा संग्लग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,सर्लाहीको बागमती नगरपालिका २ धरहरामा रुखमा चढी घाँस काट्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ।बागमती नगरपालिका २ धरहराका का अन्दाजी वर्ष ७२ का सिताराम भण्डारी घाँस काट्न रुखमा चढेकामा लडी घाईते भई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।