सर्लाहीको लालबन्दीका २ जना श्रमिक महिलाहरु सम्मानीत भएका छन् । १११ औँ अनर््तराष्ट्रि श्रमिक महिला दिवश(८ मार्च) को पुर्व सन्ध्यामा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा २ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको सर्लाही क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले जानकारी दिनु भयो ।
१११ औँ अनर््तराष्ट्रि श्रमिक महिला दिवश(८ मार्च) को अवसरमा आयोजीत शुभकामना आदान प्रदान कार्यक्रममा लालबन्दीकी उइन्गर चालक महिला सीता उप्रेती र अटो चालक महिला तुलसा पुलामीलाई सम्मान गरिएको हो ।
महिला भएर पनि साहसी काम गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको प्रदेश सभा सदस्य लुंगेलीले जानकारी दिनु भयो । लालबनदी नगरपालिका ५ को महिला संरक्षण गृहको प्राङ्गणमा आयोजीत कार्यक्रममा उनिहरुलाई यस क्षेत्रकै साहसी काम गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
महिलाको सुरक्षा,सम्मान र रोजगार,समृद्ध नेपालको आधार यस वर्षको १११ औँ अनर््तराष्ट्रि श्रमिक महिला दिवश(८मार्च) को नारा रहेको छ । क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य लुंगेलीको आयोजनामा भएको कार्यक्रममा बागमती नगरपालिकाकी उप प्रमुख लिलाकुमारी मोक्तान,वरथवा नगरपालिकाकी उप प्रमुख सीता माझी, महिला अधिकारर्कीहरुको साथै विभिन्न सामाजिक क्षेत्रका सामाजिक अभियानकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।