रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

177 Shares

पूर्व–पश्चीम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भई आगलागी भएको छ।अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१–ख ७८११ नम्बरको पेट्रोल ट्यांकर सडकमा आएको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ।कार्यालयका अनुसार पल्टिएलगत्तै ट्यांकरमा आगलागी भएको छ।

WhatsApp Image 2026-08-05 at 9.39.34 AM (1).jpeg
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल,नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ,बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारीको नेतृत्वमा दमकलसहित र सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुर,रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जि.सीको नेतृत्वमा चन्द्रपुर नगरपालिकाको दमकलसहितको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरी,इलाका प्रहरी कार्यालय चपुरबाट प्रहरी नायब निरीक्षक भरत साहको नेर्ततवमा प्रहरी टोली र जितपुर–सिमरा उपमहानगरपालिका तथा कोल्हवी नगरपालिकाका दमकलसहित चार वटा दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको तर पेट्रोल बोकेको ट्यांकर भने पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ।ट्यांकर चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ का अन्दाजी २५ वर्षीय समीर गुरुङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको नियन्त्रणमा छन्।

सम्बन्धित समाचार