दक्ष जनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोग बिहिन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३० गते   १८१९ पटक हेरिएको

मध्य गर्मी बढेसँगै  तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या  बढेको छ  । गर्मी समयमा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका छन् । 
मध्य गर्मी बढेसँगै  सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा बार्षिक करिब ८ सय बिरामीहरु आउने र त्यस मध्य ५ प्रतिशत बिरामीहरुका लागि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भएपनि सरोकारवाला निकायको वेवास्थाका कारण आइसियु र भेन्टिलेटर प्रयोग बिहीन भएको सर्पदंश उपचार केन्द्र,नवलपुर,सर्लाहीका डा.हंशनारायण झाले बताउनु भयो । उहाँका अनुसार आफुहरुले आइसियु र भेन्टिलेटर प्रयोग गर्न सक्ने भएपनि व्यस्तताका कारण आइसियु र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छुट्टै जनशक्ति राख्न समितिसंग आर्थिक अभाव समेत रहेको बताउनु भयो ।
जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साथै यी साधनहरु चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन भएको ,सर्पदंश उपचार केन्द्र,नवलपुर व्यावस्थापन समितिका अध्यक्ष उद्वव पौडेलले बताउनु भयो । उहाँका अनुसार स्थानिय निकायले राम्रो सहयोग गरि रहेको भएपनि दक्ष जनशक्ति अभाव रहेको बताउनु भयो ।
आइसियु र भेन्टिलेटर  सञ्चालनमा ल्याउनु आवश्यक रहेको र केन्द्रमा रहेको आइसियु र भेन्टिलेटर प्रयोगबिहीन राख्नुको कुनै अर्थ नरहेको सर्पदंशका स्थानिय बिरामी मान बहादुर मोक्तानले बताउनु भयो । उहाँले आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर छ तर सञ्चालनमा छैन जसका कारण पनि अन्यन्त्र लैजानु पर्दा धेरै जनाले अकाल्मै ज्यान गुमाउनु परेको छ ।
मधेश प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियु र भेन्टिलेटरको व्यावस्थापन गरिएको र दुईजना एमबिबिएस डाक्टर भए पनि उनीहरूमा आइसियु र भेन्टिलेर सञ्चालन गर्ने प्रक्रिया जानकारी नभएका कारण अहिले आइसियु र भेन्टिलेटर प्रयोग बिहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराईले बताउनु भयो । उहाँका अनुसार केन्द्रमा रहेको आइसियु र भेन्टिलेटर सञ्चालन नहुँदा पर्साको विरगन्ज र महोतरीको बर्दिवास बिरामी पुर्याउनु पर्दा धेरै बिरामीहरुको अकालमै ज्यान जाने गरेको छ । केन्द्रमा रहेको आईसियु र भेन्टिलेटर प्रयोग तथा व्यवस्थापनमा स्थानिय सरकार तथा  सरोकारवाला निकाय मौन रहेको सर्पदंशका बिरामीहरुको  आरोप छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech