सर्लाहीको मलंगवा स्थित रहेको सर्लाही क्याम्पसका विद्यार्थीहरुले परीक्षा केन्द्र हटाएको विरोधमा प्रदर्शन गरेका छन्।स्नातक तह पहिलो वर्षको परीक्षा केन्द्र सर्लाही क्याम्पसबाट हटाएको भन्दै आन्दोलित बनेका विद्यार्थीहरुले क्याम्पस अगाडि नवलपुर मलंगवा सडकखण्डमा टायर वालेर प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
बरहथवा,सुकेपोखरी र लालबन्दीको परीक्षा केन्द्र सर्लाही क्याम्पसमा तोकिने गरेकोमा यस वर्ष विद्यार्थीहरुलाई दुख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र अन्य जिल्लामा सारेको स्वतन्त्र विद्यार्थी युनियन सर्लाही क्याम्पसका सभापति धमेन्द्र यादवले आरोप लगाए ।परीक्षाको मुखैमा आएर परीक्षा नियन्त्रण कार्यालयले केन्द्र हटाएको भन्दै त्यसको विरोध गर्दै परीक्षा केन्द्र सर्लाही क्याम्पस मै स्थापना गराउने उद्धेश्य साथ आफुहरुले सडकमा टायर बालेर प्रदर्शन गरेको स्वतन्त्र विद्यार्थी युनियन सर्लाही क्याम्पसका सभापति यादवले गर्दा यातायातका साधन चल्न सकेको छैन।
“जिल्ला सदरमुकाम मलंगवामा परीक्षा केन्द्र नराखी अन्य जिल्लामा परीक्षा केन्द्र लगिएको छ। सदरमुकाममा हुँदा विद्यार्थीलाई आवत जावत गर्न सजिलो थियो।अन्य जिल्लामा परीक्षा केन्द्र पारेपछि विद्यालयहरुलाई जान आउन तथा परीक्षामा सहभागी हुन निकै समस्या हुन्छ ।”उनले बताए । आन्दोलनरत विद्यार्थीहरुले नवलपुर मलंगवा सडक खण्डमा टायर वालेर प्रदर्शन गरेका कारण सर्लाही सदरमुकाम मलंगवाबाट लामो तथा छोटो दुरीमा सञ्चालित सवारी साधनहरु ठप्प भएका छन् ।