रास्वपासंग एकता गरेर ठूलो गल्ती गरियो : अध्यक्ष घिसिङ

182 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १२ दिन सम्म अलमलमा पारेर आफुहरुसंग भएको सहमति कार्यनयन नगरेपछि आफुहरु अलग भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम निवर्तमान मन्त्री कुलमान घिसिङले बताए।छठ मनाउन मधेश आएका अध्यक्ष घिसिङले सर्लाहीको लालबन्दीमा उज्यालो नेपाल पार्टी लालबन्दी नगर कमिटीले आयोजनामा भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपासंग एकता गरेर ठूलो गल्ती गरेको स्वीकार समेत गरे ।रास्वपाले आफुहरुलाई बदनाम बनाउने गरि अनावश्यक प्रचार बाजी गरेर राजनीतिक वेईमानी गरेको समेत उनले बताए ।

WhatsApp Image 2026-11-17 at 6.57.59 PM (2).jpeg
उनले एज्यालो नेपाल पार्टी अरु पार्टी भन्दा कार्यशैलीमा फरक रहेको दाबी गर्दै अर्काे चुनाव सम्ममा उज्यालो नेपाल पार्टी नेतृत्वमा तहमा पुग्ने समेत दाबी गरे । उनले अब कुनै पार्टीसंग एकता नगर्ने र अस्तित्व मेटाउने कुनै काम नगर्ने प्रतिवद्दता समेत व्यक्त गरे । उनले अब आउँने पछिल्लो एक महिना सम्म उज्यालो सम्वाद कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्ने जनाउँदै जनतासंग प्रत्यक्ष सम्पर्क र सम्वादमा आफु र आफ्नो पार्टी निरन्तर रहेको समेत घिसिङले दाबी गरे ।
आफुले लामो समय कर्मचारी भएर काम गर्दा समग्र परिस्थिति परिवर्तन गर्न राजनीतिक नेतृत्व आवश्यक रहेको महसुस गरेर राजनीतिक दल खोलेको र एक्लै भए पनि उज्यालो नेपाल पार्टीलाई टिकाई राख्ने उद्घघोष गर्दै अध्यक्ष घिसिङले अहिले कुनैपनि कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्ने वातावरण नभएको समेत बताए।
हरित क्रान्ति मार्फत देशको आर्थिक रुपान्तरण नगर्ने हो भने देश समृद्धि,सुशासन र जनताको जीवनस्तरमा परिवर्तन नआउने बताउँदै देश समृद्धि,सुशासन र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै वादकोपछि नलाग्ने समेत अध्यक्ष घिसिङले बताए ।लालबन्दीमा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कसरी साँढे दुई दर्जन नेता तथा कार्यकर्ताहरु उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका उज्यालो नेपाल पार्टी सर्लाहीका अध्यक्ष ज्ञानध्वज बम्जनले बताए ।
उनका अनुसार उज्यालो नेपाल पार्टी लालबन्दी नगर कमिटीका अध्यक्ष विवेक बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)नेता श्याम श्रेष्ठ र श्याम सुन्दर महत्तो लगायत  ३१ जना उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।उज्यालो नेपाल पार्टीका महासचिव दिवाकर अर्याल,केन्द्रीय सदस्यहरु धन बहादुर मिक्चन,  डा.पिताम्बर सिंह कुशवाहा लगायतको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्बन्धित समाचार