विश्वकर्मा पूजा मर्यादित रुपमा मनाउन सर्लाही प्रशासनको आग्रह

459 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले विश्वकर्मा पूजा मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । पर्वलाई शान्तिपूर्ण,मर्यादित एवम संयमित भई मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना नै जारी गरेको हो।वर्तमान देश र जिल्लाको परिस्थितिलाई समिक्षा गर्दै सुरक्षा संवेदनशीलताको कारणले चाडपर्वको नाममा चर्को आवाजमा डिजे बजाउने,आर्केष्ट्रा नचाउने,सार्वजनिक स्थलहरुमा हो हल्ला गर्ने,मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता अवान्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न÷नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार कानून विपरीत यस्ता क्रियाकलाप गरे गराएको पाइएमा कानुन बमोजिम कारवाही हुने तथा सार्वजनिक तथा निजी सम्पत्तिमा कुनै पनि प्रकारको क्षति लगायत सम्पूर्ण गतिविधिको जिम्मेवारी आयोजक नै हुने छ।विश्वकर्मा पूजाको अवसरमा सर्लाही सदरमुकाम मलंगवासहित विभिन्न स्थानमा पूजा,मेला महोत्सव आयोजना गरिएका छन् ।विशेष गरी असोज १ गते मनाईने विश्वकर्मा पूजापछि मूर्ति विर्सजन गर्न लैजाँदा विवाद हुन सक्ने भएकाले प्रहरीले मलंगवासहितका ठाउँमा विशेष सूरक्षा सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैगरी,विश्वकर्मा पूजामा प्रयोग हुने विभिन्न किसिमका सामग्रीहरुको खरिद बिक्रिका कारण सर्लाहीका बजाहरुमा चहल पहल बढेको छ ।जिल्लाको लालबन्दी,नवलपुर,हरिवन,बागमती, बरहथवा,मलंगवा,हरिपुर र बयलवास लगायत प्रत्येक गाउँका बजारमा विश्वकर्मा पूजामा प्रयोग हुने विभिन्न किसिमका सामग्रीहरुको खरिद बिक्रिका कारण सर्लाहीका बजाहरुमा चहल पहल बढेको स्थानीय व्यावसायीहरुले बताएका छन् ।
विश्वकर्मा पूजामा सवारी साधन,कलकारखाना,उद्योग र मेशिनरी लगायतका सामग्री रहने कार्यालयहरुमा विशेष पूजा गर्ने गरिन्छ।त्यस कारण पनि बजारहरुमा ध्वजा पतका,सयपत्री फूल तथा प्लाष्टिकका माला,मिठाई,केरा,स्याउ र नरिवल लगायतका फलफूलको राम्रो व्यापार भइरहेको छ ।
विश्वकर्मा पूजाका सामाग्री किन्नेहरुको भीडभाडले गर्दा बजारमा मानिसको चहल पहल पनि बढेको छ।असोज सङ्क्रान्तिका दिन भएकाले प्रविधि र शिल्प सम्बन्धी काम गर्नेहरूले असोज १ गते विश्वकर्माको पूजा–आराधना गर्ने गर्छन्।सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्।यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन रहेको छ । 
विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरूले प्रविधि र यान्त्रिक काम गर्नेस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ।द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा “भेद द्वारका”बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ ।

सम्बन्धित समाचार