सर्लाहीको लालबन्दीबाट करिब ६० हजार बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले खेसारीको दाल,भारतिय डिउ,स्प्राईट,चकलेट र रेडबुल गरी रु ६१ हजार छ सय दुई बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारीले जानकारी दिए ।

उनका अनुसार नेपाल भारत खुल्ला सिमानाको फाईदा उठाएर भन्सारछली लुकाई चोरी नेपाल भित्र्याएर विभिन्न प्रकारका सवारी साधनहरुमार्फत लालबन्दी बजार ल्याउँदै गरेको अवस्थामा खेसारीको दाल पाँच बोरा,भारतिय डिउ ७१ बोतल,भारतिय स्प्राईट ५६ बोतल,चकलेट ५२ डब्बा र रेडबुल आठ काटुन गरी रु ६१ हजार छ सय दुई बराबरको भन्सार छलीको समान नियन्त्रणमा लिईएको हो ।नियन्त्रणमा लिईएको सामान आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।प्रहरीले सिमा क्षेत्रमा व्यापक कडाई गरेको दाबी गरि रहँदा करिब ३० किलो मिटर माथि पुर्व पश्चिम राजमार्गमा आई पुगेको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएपछि सिमा क्षेत्रका साथै पुर्व पश्चिम राजमार्ग सम्म आई पुग्ने सडकमा रहेका प्रहरी युनिटहरु माथि शंका सृजना भएको जानकारहरु बताउँछन् ।