महाकाली युवा क्लबको आयोजनामा २० वर्षमुनिको जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

359 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा रहेको महाकाली युवा क्लबले २० वर्षमनिको जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ। लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा रहेको महाकाली युवा क्लबले बुधबार(आज) एक सूचना जारी गर्दै २० वर्षमनिको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सहभागी हुन क्लवहरुलाई  परिपत्र गरेको छ।
लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा रहेको महाकाली युवा क्लबका अध्यक्षले जारी गरेको सूचनामा आगामी जेठ ३ गतेबाट हुने २० वर्षमनिको जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु गर्ने र २० वर्षमुनिका इच्छुक फुटबल टिमहरुलाई सहभागी हुन जानकारी गराइएको सर्लाही फुटबल संघका उपा अध्यक्ष एवम महाकाली युवा क्लबका खेलकुद संयोजक विभुसिंह थापाले जानकारी दिए ।
लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जको खेल मैदानमा हुने २० वर्षमुनिका फुटबल खेलाडीहरुको फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले वैशाख २९ गतेसम्म टिम दर्ता गराइ सक्नुपर्ने क्लबले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतियोगिताको विजेता टिमलाई रु ३१ हजार एक सयका साथै शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई रु २० हजार एक सयको साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक महाकाली युवा क्लबका अध्यक्ष निराजन कार्कीले जानकारी दिए । उनका अनुसार सहभागीताको आधारमा प्रतियोगिताको ढाँचा तयार पारीने छ ।यता,केही दिन पहिला मात्रै सर्लाहीका १३ वर्ष मुनिका चार जना खेलाडीहरु राष्ट्रिय खेलाडीमा छनोट भएका छन् भने यस प्रकारका प्रतियोगिताहरुले अरु फुटबल खेलाडी उत्पादन हुने आयोजकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार