Close This

प्रहरी उपरीक्षक बोगटी कमिसनको खेलमा,निमुख मजदुर प्रहरीको जेलमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-६ गते   १२६१ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी कमिसनको खेलमा लागेका छन् । जिल्लाका सिमानाकाबाट हुने भन्सार छलीका सामानहरुको ओसारपसार,जिल्लाका विभिन्न स्थानमा हुने जुवा खेल,जिल्लाका विभिन्न स्थानमा हुने होटलहरुको गैर कानुनी धन्दा र जिल्लाका वन जंगलमा हुने जंगली जनावरहरुको चोरीशिकारी गर्ने गिरोहबाट प्रहरी उपरिक्षक बोगटीले राम्रो कमिसन असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ ।
ईलाका प्रहरी कार्यालय सिम्रोनगढका प्रहरी प्रमुख प्रहरी निरिक्षक देवराज काफ्लेलाई  परिचालन गरेर प्रहरी उपरिक्षक बोगटीले जिल्लामा असुली धन्दा चलाएका छन् । विश्व महामारीको समयमा‘पास’दुरूपयोग गरी जुवाको खालबाट गिरफ्तार भई ५ दिन थुनामा बसेका अर्बपति रामचन्द्र संघाईको सानो ‘चारा’ मा फसेर प्रहरी उपरिक्षक बोगटीले चुनाव जस्तो महत्वपूर्ण समयमा आफ्नो हर्कतले सरकारलाई बदनाम गराएका छन् । त्यतै  कमिसनको खेलमा परेर त्रिवेणी स्पिनिङ मिलका व्यवस्थापन पक्ष र मजदूरहरूबीच छलफल चलि रहेको समयमा प्रहरी उपरिक्षक बोगटीले अन्धाधुन्ध लाडी चार्ज मात्रगरेनन् मजदुरमाथी गोली प्रहार गरे ।
उद्योगको तर्फबाट प्रबन्धक अशोक शर्मा,महाप्रबन्धक सतिश शर्मा,प्रविधिक शाखा प्रमुख एमके दास,उद्योग व्यवस्थापक प्रेमकुमार सिंह,प्रशासकीय अधिकृत राजेश श्रेष्ठलाई मजदूरहरुले हाम्रो समस्या सामाधान नगरी तपाईहरु उद्योग परिसर बाहिर जान पाउनु हुन्न भनी अडान राखेर छलफल चलि रहेको समयमा प्रहरी उपरिक्षक बोगटीले उद्योगसंग कमिसनको माग राखी मजदुरहरुमाथी अन्धाधुन्ध गोली तथा लाडी प्रहार गरेका प्रहरी स्रोतको दाबी छ ।
बिहीबार त्रिवेणी स्पिनिङका प्रोप्राइटर रामचन्द्र संघाई आफैं जिल्ला  प्रहरी कार्यालय बारामा गई प्रहरी उपरीक्षक बोगटीलाई भेटी कमिसनको कुरा मिलेपछि संघाईको आडमा प्रहरी उपरिक्षक बोगटीले मजदुरमाथी लाडी रगोली चलाए एक प्रहरी अधिकारीले भने । प्रहरी उपरीक्षक बोगटीसँग भेटेर संघाई होटेल इच्छामा आराम गर्न गए भने प्रहरी उपरिक्षक बोगटी आफ्नो कमाण्डमा  करिब २ सय फोर्स लिएर आफैँ अश्रु ग्यासको गोला पड्काउँदै महिला तथा पुरुष मजदूरहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गरी व्यवस्थापन ब्लकमा आराम गरिरहेका सबैलाई बाहिर ल्याए ।
प्रहरी उपरिक्षक बोगटीले मिडियामा बन्धक राखिएका कर्मचारीलाई छोडाउन जाँदा लगभग एक दर्जन प्रहरी घाइते भएको र प्रहरीमाथि आक्रमण गर्न खोज्ने ७ जनालाई नियन्त्रणमा ल्याएको बताए । तर प्रहरीको लाठी प्रहारबाट घाइते भएका मजदूरहरूको विवरण बोगटीले सार्वजनिक गर्न मानेनन् । 
शुक्रबार गिरफ्तार गरेका मजदूरलाई छोडाउन कलैया जान हिंडेका मजदूरहरूलाई गण्डक नजिकै बीच बाटोमा जबरजस्ती बस रोकेर पैदल हिंडाएको भिडियो सामाजिक संजालमा सम्पूर्ण नागरिकले हेरेर प्रहरीको निन्दनीय कार्यलाई भत्सर्ना गरेका छन् । प्रहरी उपरीक्षक बोगटीले संजयकुमार यादव,ओमप्रकाश मिश्र,राजेश यादव,अमलेश पाण्डे, बृजकिशोर साह र सोनालाल यादवलाई अभद्र व्यवहार गरेको भनी मुद्दा चलाएका छन् । 
प्रहरी उपरिक्षक बोगटीको आफ्नो तिहार सपार्ने र मजदूरको चाडपर्व बिगार्ने अमानवीय कर्तुतको बारेमा गृहमन्त्री बालकृष्ण खाँडलाई स्थानीय नेताहरूको माध्यमबाट जानकारी भएपछि हिरासतमा रहेका मजदूरहरू आइतबार रिहा हुने प्रहरीको भनाई छ ।
प्रहरी उपरिक्षक बोगटीले मजदूरहरूमाथि दमन गर्नको निम्ति जिल्ला प्रहरी कार्यालय बारासहित ईलाका प्रहरी कार्यालय सिमरा,जीतपुर,परवानीपुर र सशस्त्र प्रहरी बलबाट नपुगेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट समेत थप मद्दत मागेका थिए । प्रहरीको दमनमा परी अनिलकुमार यादव,नासिर हुसैन,रीमाकुमारी चौधरी,निर्मला महतो धाँगर,भागवत महतो चौहान सहित एक दर्जन मजदूरहरू घाइते भएका खबर प्राप्त भएको छ ।
प्रहरी निरिक्षक काफ्ले प्रहरीका एक उच्चपदस्त कर्माचारीका नातेदार पर्ने र उनिसंग प्रहरी उपरिक्षकहरु समेत डराउने गरेका समेत रहस्य बाहिरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech