लालबन्दी ११ हिरापुरमा माेटरसाईकल दुर्घटना हुँदा २ जना गंभिर घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   १४८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ११ हिरापुरमा माेटरसाईकल दुर्घटना हुँदा २ जना गंभिर घाईते भएका छन् । 
लालबन्दी नगरपालिका ११ हिरापुरमा शनिबार दिउँसो करिब ३:३० बजे भएको माेटरसाईकल दुर्घटनामा जेनिसिस(डिसहाेम)मा कार्यरत  लालबन्दी नगरपालिका १० का अन्दाजी वर्ष २२ का सनम भुजेल र सिरहाकाे लहान नगरपालिका ६ का अन्दाजी वर्ष ३६ का एलम्बर सिह माेटरसाईकल दुर्घटनामा परि गंभिर घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार बा६५ प २७८० नम्बरकाे माेटरसाईकलमा सवार भुजेल र चालक सिंह फिल्डकाे काममा खटेका थिए । उनिहरु दुवैको अवस्था गंभिर रहेकाे हाल लालबन्दी माेडेल अस्पतालमा उपचार हुदै छ । 

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech