इश्वरपुरका ३० जनालाई विपद् प्रतिकार्य तथा उद्धार तालिम प्रदान

123 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकाका ३० जनालाई विपद् प्रतिकार्य तथा उद्धार तालिम प्रदान दिइएको छ ।लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले इश्वरपुर नगरपालिका भित्रका ३० जनालाई विपद् प्रतिकार्य तथा उद्धार तालिम प्रदान दिइएको हो ।
ईश्वरपुर नगरपालिकासँग सहकार्य गरी नगरभित्रका स्वास्थ्यकर्मी,रेडक्रसका प्रतिनिधिहरु र विद्यार्थीहरुलाई गणभित्रै तीन दिनको तालिम प्रदान गरिएको लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति एवम प्रमुख सेनानी सूर्यबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार विभिन्न समयमा आइपर्ने विपद्लाई मध्यनजर गरी स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउने तथा समुदायमा विपद् प्रतिकार्य सम्वन्धी ज्ञान र आत्म भरोसा अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको र तालिममा सहभागीहरुलाई बाढी तथा डुबान,आगलागी र आकस्मिक रुपमा बिरामी परेका व्यक्तिको उद्धार गर्न सिकाइएको हो । 
मनसुनजन्य विपद्लाई प्रतिकार्य तथा उद्धार गर्न प्रभावकारी पूर्व तयारीका लागि गण र इश्वरपुर नगरपालिकाले सहकार्य गरी नगरका १५ वटै वडाबाट प्रतिनिधि सहभागी गराएर यस प्रकारको तालिम प्रदान गरेको कार्यक्रमका प्रमुख अतिथि एवम इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार