Close This

तीन महिनामै सिन्धुलीका प्रहरी उपरिक्षक तिम्सिनाको सरुवा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१५ गते   २१३ पटक हेरिएको

तीनमहिनामै सरुवामा परेका सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिना ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको काज सरुवा भएको छ । सिन्धुलीका विभिन्न खोलाहरुमा भएको नदी दोहन,अवैध क्रसरको निगरानी, लागु औषध गाँजा फँडानी, पुराना मुद्धाको फस्र्यौटका लागि अभियूक्तहरुको पक्राउलाई प्राथमिकतामा राखेर काम सुरु गरेपछि प्रहरी उपरिक्षक तिम्सिनाको तीन महिनामै काज सरुवा गरिएको हो ।
 प्रहरी उपरीक्षक तिम्सिना गएको पुष २१ गते  सरुवा भएर सिन्धुली आउनु भएको थियो । तीन महिनामै प्रहरी प्रधान कार्यालयले उहाँलाई फिर्ता बोलाउनुमा नदी दोहनकर्ता,अवैध क्रसर व्यावसायी, गैर कानुनी क्रियाकलापमा संग्लग्नहरुको  माथिको कनेक्सन रहेको आशंका गरिएको छ ।
जिल्लामा बालुवा प्रशोधन केन्द्रका नाममा दर्जनौ क्रसरहरु अबैध रुपमा संचालनमा रहेका छन् । ती वालुवा प्रशोधन केन्द्र बाताबरण प्रभाव मुल्यांकन बिनै संचालनमा आएको र राष्ट्रिय राजमार्गसंग जोडिएकाले अबैध रहेको सूचना पाएपछि प्रहरी उपरीक्षक तिम्सिनाले बन्द गर्ने प्रयास गर्नु भएको थियो । अबैध उत्खनन् र प्रशोधनमा रहेका सबैलाई कानूनी दायरामा ल्याउन शुरु गर्नु भएका प्रहरी उपरिक्षक तिम्सिनाको अचानक काज सरुवा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।“अबैध काम गर्नेहरुको पहुंच र कनेक्सनमा माथिल्लो स्तरसम्म हुने भएकाले कामगर्ने कार्यालय प्रमुखहरुलाई जिल्लामा टिक्न नदिंएका ।” एक प्रहरी अधिकृतले बताउनुभयो ।
जिल्लामा गैर कानुनीरुपमा सञ्चालनमा रहेका  क्रसर उद्योगलाइ मापदण्ड पु¥याएर  संचालन गर्न, गैर कानुनी धन्दा नियन्त्रण गर्न  प्रहरी उपरीक्षक तिम्सिनाले आग्रह र निर्देशन दिएपछि उहाँको सरुवाको लागि जिल्लाका क्रसर व्यावसायी तथा गैर कानुनी धन्दा चलाउनेहरु गृह मन्त्रालय सम्म धाउने गरेका स्रोतले दाबी गरेको छ । हक्की स्वाभावका प्रहरी उपरिक्षक तिम्सिनाको सिनधुलीमा सरुवा भएपछि जिल्लामा रहेका अबैद्य नदी दोहन गर्नेहरु,गैर कानुनी क्रियाकलाप गर्नेहरुको सातोपुत्लो गएको थियो,भने प्रहरी उपरिक्षक तिम्सिना सिन्धुली आएदेखि नै त्यस्का क्रियाकलापहरु रोक्न सुरु नर्गु भएको थियो । जिल्ला सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोला, कमलानदी, चँदाहाखोला, मरिणखोला, लगायतका नदीमा ढुंगा, वालुवा, गिट्टीको ठेक्का नलागी दोहन हुन नदिने प्रहरी उपरीक्षक तिम्सिनाले अडान लिएपछि स्थानीयतहहरुले टेण्डर आह्वान गर्न थालेका निर्माण व्यवसायी छेत्र वम्जनले बताउनु भयो ।
सिन्धुली सरुवा भएर आए लगतै  जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भएको पत्रकारहरुसँगको भेटमा प्रहरी उपरीक्षक तिम्सिनाले अबैध काम गर्नेहरुलाइ तह लगाउन एक वर्षे कार्यकाल काफीहुने बताउनु भएको थियो । प्रहरीका अनुसार उपरीक्षक तिम्सिनालाई प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा तानिएको छ भने सिन्धुलीमा सर्वोच्चअदालत सुरक्षामा रहनु भएका प्रहरी उपरिक्षक गोविन्द थपलियालाई सिन्धुली काज सरुवामा पठाइएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech