Close This

मन्त्री बन्ने दाउमा पार्टी परिवर्तन गरेका साहलाई जसपाको संसदिय दलको नेता उपहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   ११५३ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त हुनु भएको छ । पार्टीले उहाँलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो ।
पार्टीका अध्यक्ष एवम दलका नेता उपेन्द्र यादवले साहलाई प्रमुख सचेतकमा नियुक्त गरिएको पत्र संसदीय सचिवालयमा पठाउनु भएको हो । पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहनु भएका साहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ ।
साह मन्त्री बन्ने दौड धुपमा रहनु भएको थियो । तर मन्त्रीको सूचीमा नपरेपछि आक्रोशित बन्नु भएका सांसद साहलाई पार्टीले प्रमुख सचेतकमा नियुक्त गरेको छ । उहाँ तत्कालिन राजपाबाट साँसदमा निर्वाचित हुनु भएको हो । मन्त्री बन्ने दौडधुपमा रहनु भएका सांसद साह मन्त्री पाउने आशमा जसपा बन्नु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech