सर्लाहीका विभिन्न स्थानमा सञ्चालनमा रहेका अधिकांश शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी)हरूले नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको पाइएको छ।शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निमयवादी २०८३ विपरित सर्लाहीका अधिकांश शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी)हरू सञ्चालन भएका पाइएको हो।
उनीहरूले आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पालना नगरी विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूबाट चर्को शुल्क असुल्ने गरेका,कमदक्ष जनशक्तिबाट परामर्श प्रदान गर्ने गरेका,पुस्तकालय नराखेका, बैकिङ्ग प्रणालीबाट कारोबार नगर्ने गरेका लगायत नो अब्जेक्सन लेटर(एनओसी) नलिई विद्यार्थीहरुबाट शुल्क असुल्ने गरेका र झुटा विज्ञापन गर्ने गरेका पाइएको हो ।
सरकारले निर्धारण गरेको शुल्क,प्रक्रिया तथा सञ्चालन सम्बन्धी नियमलाई बेवास्ता गर्दै सर्लाहीका अधिकांश शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी)हरू सञ्चालन भई रहेका भएपनि सरोकारवाला निकाय बेखबर देखिएको छ ।
यस्ता शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी)हरू माथि प्रभावकारी अनुगमन नहुँदा आफूहरू आर्थिक रूपमा मारमा परेको विद्यार्थी तथा अभिभावकहरूको गुनासो छ।उनीहरूले सम्बन्धित निकायसँग मापदण्ड विपरीत सञ्चालन भइरहेका शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी) हरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
के छ नयाँ प्रावधानमा ?
शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निमयवाली २०८३ मा वैदेशिक अध्यायनको नाममा हुने लुट धन्दालाई कानूनी दायरामा ल्याउन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरिय निर्णयले नयाँ प्रावधान लागु गरेको हो ।
नयाँ प्रावधान अनुसार विद्यार्थी विदेशमा अलपत्र परे सम्बन्धी शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन गर्ने संस्था(कन्सल्टेन्सी) हरूका सञ्चालकहरुले क्षतीपूर्ति तिर्नुपर्ने,अवैध हर्कत गरे धरौटी जफत गरी जेल सजाय समेत हुन सक्ने,रु २५ लाख धरौटी र मन्त्रालयबाट प्रदान गरिने लाईसेन्सको सुरक्षण वापत रु ५० हजार शुल्क तिर्नुपर्ने,वार्षिक रुपमा लाईसेन्स नविकरण गर्नुपर्ने, आफ्नो वा कम्तीमा ३ वर्षको भाडा सम्झौता भएको भवन, स्नातक उत्र्तिण र सम्वन्धीत विषयको तालिम प्राप्त परामर्शदाता नियुक्त, विद्यार्थीसंग डिजिटल माध्यामबाट आर्थिक कारोबार गर्नु पर्ने र नगद कारोबार गर्न नपाईने,सेवा शुल्कको विवरण आफ्नो वेभसाईटमा सार्वजनिक गर्नु पर्ने र विल जारी गर्नु पर्ने,नो अब्जेक्सन लेटर(एनओसी) प्राप्त गरेपछि मात्रै विदेशी शैक्षिक संस्थालाई शैक्षिक शुल्क भुक्तानी गर्नुपर्ने साथै विदेशी लगानी निषेध गरी मन्त्रालयले गुणस्तर र कार्य सम्पादनका आधारमा क,ख र ग वर्ग निर्धारण गर्ने नियमावलीमा उल्लेख गरिएको छ ।