Close This

विभिन्न प्रजातिका विरुवा रोपी वृक्षारोपण दिवस मनाईयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१४ गते   १२४ पटक हेरिएको

सर्लाहीमा पनि वृृक्षारोपण गरि वृक्षारोपण दिवस मनाइएको छ ।  प्रदेश २ कारकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायको प्रमूख आतिथ्यतामा वृृक्षारोपण गरि वृक्षारोपण दिवस मनाइएको हो । 
लालबन्दी साझेदारी वन व्यवस्थापन समूहले सव डिभिजन वन कार्यालय जानकीनगर अन्र्तगतको वन क्षेत्रको खाली जमिनमा वृृक्षारोपण गरि वृक्षारोपण दिवस मनाइएको सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख उज्वलकुमार यादवले जानकारी दिनुभयो । उहााका अनुसार सव डिभिजन वन कार्यालय जानकीनगर अन्तर्गतको वन क्षेत्रमा रहेको खाली जग्गामा विभिन्न प्रजातिका रुख विरुवाहरु रोपी वृक्षारोपण दिवश मनाइएको हो । 
वृक्षारोपणका लागि विभिन्न प्रजातिका विरुवाहरु समेत निःशूल्क वितरण भईरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । इच्छुक निजी जग्गाधनी, सामुदायिक वन पदाधिकारी, साझेदारी वन पदाधिकारी लगायतले आ–आफ्नो  क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गर्न डिभिजन वन कार्यलयले अनुरोध समेत गरेको छ । 
 वृक्षारोपण कार्याक्रममा मन्त्री राय सहित डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देव,सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वल कुमार यादव,सव डिभिजन वन कार्यालय जानकनिगरका प्रमुख सुवाश प्रसाद साह लगायतका वन कर्मचारीहरु, प्रहरी प्रशासन तथा स्थानीयबासीहरुको उपस्थिति रहेको कार्यालयले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech