Close This

ईश्वरपुर ६ बयलबासबाट कटुवा पेस्ताेल सहित मानिस नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-४ गते   ९३१ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवासबाट प्रहरीले कटुवा पेस्ताेल सहित एकजनालाई नियन्त्रणमा लिएको छ । ईश्वरपुर नगरपालिका ६ बयलवास बजारबाट ईश्वरपुर नगरपालिका ५ नरेशखाेरका अन्दाजी वर्ष २२ का सुजित कुमार महताेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
उनका अनुसार बुधबार बिहान करिब १०:४० बजेकाे समयमा बजारमा पैदल हिडि रहेका सुजितलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक थान कटुवा पेस्ताेल र त्यसमा लाग्ने एक थान गाेली बरामद् भएको हाे ।
कटुवा पेस्ताेल सहित पक्राउ परेका महताेकाे विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।उनका अनुसार छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण तराई मधेशका जिल्लाहरुमा साना हँतियारहरुकाे विगविगी बढेकाे हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech