जसपा मधेशका अध्यक्ष यादव सर्लाहीबाट पक्राउ

408 Shares

जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम पूर्व प्रदेशसभा सदस्य अशोक यादव पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक याेगेन्द्र कुमार खड्कासंगकाे फाेन सम्वादमा विवाद भए पछि प्रहरीले खाेजीकाे सुचिमा यादवलाई राखेकाेमा बुधबार मलंगवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सराेज राईले जानकारी दिए ।

उनमा अनुसार प्रहरी उपरीक्षक खड्कनलाई गालीगलौज गरेको,आपराधिक उपद्रमा संलग्न भएको र राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा यादवलाई सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरि प्रहरीले खाेजीकाे सुचिमा राखेकाे थियाे ।

यसअघि असारको अन्तिम साता पूर्वाधार विकास कार्यालय सर्लाहीमा भुक्तानीसम्बन्धी विवाद हुँदा यादव र प्रहरी उपरीक्षक खड्काविच फाेन सम्वादमा विवाद भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।उक्त घटनापछि केही समय फरार रहेका यादव बुधबार करिब १२ बजे पक्राउ परेका हुन ।

सम्बन्धित समाचार