सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जकी १४ वर्षिय बालीका प्रियंका भुजेलको बलात्कार गरी हत्या गरिएको घटनामा संलग्न रहेका मध्ये अनिष दाहाललाई पूर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ ।
लालबन्दी नगरपालिका १७ का १९ वर्षीय दाहाललाई मुद्दाको अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि सिन्धुली जिल्ला कारागार चलान गर्न मुख्य न्यायाधीश ध्रुव कुमार पियाले आदेश दिनु भयो । उहाँका अनुसार आईतबारकोे इजलाशमा भएको थुनछेक बहस पछि अभियुक्त दाहाललाई मुद्दाको अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि सिन्धुली जिल्ला कारागार चलान गर्न आदेश भएको हो । भने अर्का अभियुक्त लालबन्दी नगरपाकिला १७ का १७ वर्षीय कृष्ण साहलाई पूर्पक्षका लागि यस अघि नै वीरगन्जस्थित बाल सुधार गृह पठाइएको जिल्ला अदालत सर्लाहीले जनाएको छ । अदालतका अनुसार साह नाबालक नै रहेकाले बाल सुधार गृहमा पठाइएको हो । मुख्य न्यायाधीश पियाकै इजलाशले नाबालक कृष्णलाई नेपालको प्रचलित कानुन बमोजिम बाल सुधार गृहमा राख्न आदेश दिएको हो ।
लालबन्दी नगरपालिका–१७, रानिगन्जका की १४ वर्षीया बालीका भुजेलको अनिष र कृष्णले बलात्कारपछि हत्या गरेका प्रहरीले ठहर गरेको छ । गएको साउन ३१ गते राती घरबाटै बेपत्ता भएकी भुजेलको भदौ १ गते राती लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा गाडीएको अवस्थामा शव फेला परेको थियो ।
बलात्कार गरी भुजेलकोे हत्या गरेको अनिष र कृष्णले प्रहरी समक्ष बयान दिएका थिए । हत्यापछि फरार भएका अनिष र कृष्णलाई जिल्लाकै चन्द्रनगर गाउँपालिकास्थित मोहनपुरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।